पशुपालनका लागि कृषकलाई शतप्रतिशत अनुदान
नेपालबहस संवाददाता
जेठ १८, २०७८ मंगलबार १८:४८:४
१८ जेठ,चितवन । चितवनको राप्ती नगरपालिकामा कृषकलाई पशुपालनमा प्रेरित गराउन विभिन्न अनुदानका कार्यक्रम हुँदै आएको छ । कृषकहरुले ५० देखि शतप्रतिशतसम्म अनुदानका कार्यक्रमहरु प्रत्यक्षरुपमा प्राप्त गरेका छन् ।
नगरपालिकाका पशु चिकित्सा शाखा प्रमुख शैलेन्द्र भण्डारीका अनुसार नगरपालिकाले चालु वर्षमा १२१ वटा काउम्याट वितरण गरेको छ । एउटा काउम्याटलाई रु छ हजार ८०० पर्दछ । यसको ५० प्रतिशत नगरपालिकाले व्यहोरेर कृषकसँगको साझेदारीमा वितरण गरिएको हो । नगरपालिकाले पाँच वटा बोयर बोका वितरण गरेको छ । एउटा बोकाका लागि रु ५० हजार नगरपालिकाले व्यहोरेको थियो भने अपुग रकम कृषकले थपेर बोका खरिद गरेका हुन् ।
माछा मासु बिक्री गर्दै आएका व्यवसायीको व्यवसाय सुधारका लागि पाँच वटालाई रु ३० हजारका दरले अनुदान दिएको छ । कृषकलाई घाँस टुक्याउने १६ वटा च्याप कटरका लागि रु २० हजारका दरले अनुदान दिएको छ । भण्डारीका अनुसार ती उपकरण खरिद गर्न प्रतिगोटा रु ४० हजार पर्दछ । घाँस काट्न प्रयोग हुने पाँच वटा ग्रासकटरमा ८० प्रतिशत अनुदान दिएको छ । रु ४० हजारका दरले अनुदान दिईएको हो ।
नगरपालिकाले १२ हजार ८६६ गाई, भैंसी र बाख्रलाई निःशुल्क कृत्रिम गर्भाधान गराएको छ । सिमेन ९वीर्य० खरिद गरेर चालु आर्थिक वर्षमा ती पशुचौपायालाई कृत्रिम गर्भाधान गराइएको हो । नगरपालिकाले गोठ निर्माणका लागि छ वटालाई रु २० हजारका दरले सहयोग गरेको छ । विदेशबाट आएका पशुपालन गर्न चाहनेका लागि नगरपालिकाले पशुपालनमा प्रोत्साहन गरेको छ । राप्ती नगरपालिकामा रहेका छ वटा दुग्ध उत्पादक सहकारी संस्थालाई क्रिम सेपेरेटर उपकरण उपलब्ध गराएको छ । जसका लागि एउटाको रु ९० हजार नगरपालिकाले अनुदान दिएको हो ।
राप्तीकै परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थालाई दुग्ध प्रशोधन उद्योगको रुपमा स्तरीकरण गर्न रु २० लाख अनुदान सहयोग गरिंदै छ । संघीय सरकारको सहयोगमा साझेदारी परियोजना अन्तर्गत यो कार्यक्रम गर्न लागिएको हो । नगरपालिकाले ठूला गाई फर्मलाई दूध दुहुने मेसिनन वितरण गर्दैछ । यसै आर्थिक वर्षमा रु एक लाख ५० हजारमा खरिद गरेर केही दिनभित्रै वितरण गर्ने तयारी गरेको भण्डारीले जानकारी दिए ।
नगरपालिकाले यस वर्ष तीन पटक बृहत पशु स्वास्थ्य शिविर गरेर दुई हजार १०० पशु चौपायको स्वास्थ्य परीक्षण गरी आवश्यक प्राविधिक सल्लाह उपलब्ध गराएको छ । जसमा कृषि तथा वन विज्ञान विश्वविद्यालय र नेपाल पोलिटेक्निक इन्स्टिच्यूटका पशु चिकित्सकको सहयोग लिइएको थियो । राप्ती नगरपालिका क्षेत्रमा दैनिक ३० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।
राप्ती नगरपालिका–६ मा रहेको दनाई गाईपालन व्यवसायी फर्मका सञ्चालक नेत्रमणि दनाईले नगरपालिकाले सहयोग दिइरहँदा आफूलाई ऊर्जा मिलेको बताए । सानो सहयोग भए पनि यसले कृषकलाई प्रेरणा मिल्ने उनको भनाइ छ । दनाइको गाईफर्ममा अहिले एक सयभन्दा बढी गाई रहेका छन् ।
नगरपालिका प्रमुख प्रभा बरालले नगरक्षेत्रमा पशुपालनको विकासका लागि उच्च प्राथमिकता दिएर काम गरिरहेको बताइन् । घरधुरी सर्वेक्षण २०७५ अनुसार राप्तीमा १२ हजार ५३१ घरधुरी छन् । जहाँ सात हजार ५६० परिवार पशुपालनमा आश्रित छन् । यो कूल घरधुरी संख्याको ६०।३३ प्रतिशत हो । राप्तीको जनसंख्या ८४ हजार ८२० रहेको छ । बरालका अनुसार राप्ती नगरपालिका–१०, ११, १२, १३ सँगै वडा नं १ को परेवाकोट र ३ को धमिले पहाडमा पर्दछ भने अन्य भूभाग तराईमा पर्दछन् ।
उनका अनुसार माथिल्लो भागमा बाख्रा र तल्लो क्षेत्रमा गाईभैंसीका लागि उपयुक्त हुन्छ । उनले भनीन् “आधाभन्दा बढी जनसंख्या कृषि र पशुपालनमा आश्रित भएकाले हाम्रो ध्यान यसमा बढी केन्द्रीत छ ।” आन्तरिक श्रोतसँगै प्रदेश र संघीय सरकारसँग समन्वय गरी आवश्यक बजेट पशुपालनमा लगानी गरिंदै आएको बरालले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
महानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार