लमजुङमा कोरोना बीच सुरक्षित प्रसूति सेवा
नेपालबहस संवाददाता
जेठ १८, २०७८ मंगलबार २०:३०:३५
१८ जेठ,लमजुङ । लमजुङमा निषेधाज्ञा र कोरोना बीचमा पनि सुरक्षित प्रसूति सेवा सञ्चालन भईरहेको छ । सेवा लिनेहरुमा कुनै कमी आएको छैन । जिल्लामा निषेधाज्ञा जारी भएयता करीब २० दिनको अवधिमा जिल्ला अस्पतालमा हालसम्म ४५ जनाले सुरक्षित प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ ।
अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार सुरक्षित प्रसूति सेवा लिनेमध्ये एक जनाको जटिल किसिमको प्रसूति सेवा, आठ जनाको शल्यक्रिया र ३७ जनाको सामान्य प्रसुति सेवा लिएका थिए । संक्रमणको जोखिम बढिरहेका बेला समेत यहाँ प्रसूति सेवा लिन आउनेको भने कुनै कमी नआएको अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ ।
उनले भने, “यहाँ दैनिकजसो दुई/तीन जना महिला सुरक्षित प्रसूति सेवा लिन आइरहेका छन् । यस अस्पतालमै कोरोना संक्रमितहरु राखिँदै आएतापनि संक्रमणको डर नमानी उनीहरु सुरक्षित प्रसूति सेवाकै लागि अस्तालसम्म आउने गरेका छन् ।” संक्रमणका कारण निषेधाज्ञा जारी भएयता अस्पतालको बहिरङ्ग र अन्तरङ्ग सेवामा भने कमी आएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार अन्य जटिल शल्यक्रिया २३, मध्यम दुई र सामान्य ४१ जनाले सेवा लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार