ओलीको छटपटीभित्र लुकेको रहस्य र एकता बचाउ रणनीति
नेपालबहस संवाददाता
जेठ १८, २०७८ मंगलबार २१:१६:६
१८ जेठ, काठमाडौं । प्रतिनिधिसभा पुनस्थापनाको छनक देखिएपछि प्रधानमन्त्री केपी ओली फेरि असन्तुष्ट पक्षलाई समेट्ने नाटक मञ्चन गर्न थालेका छन् । त्यसैको प्रतिक्रिया स्वरुप आज बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले एकता बचाउन अन्तिम अवस्थासम्म प्रयत्न गर्ने निर्णय गरेको छ ।
तर भित्री कथा भने अलग छ– वरिष्ठ नेता माधवकुमार नेपाल निकट एक नेताले भने । यदि साँच्चै ओली सकारात्मक र लचिलो थिए भने अस्ती गरेको कारबाही किन फुकुवा गरेनन् त ? उनको प्रश्न थियो । आज बालुवाटारमा बसेको ओली पक्षीय स्थायी कमिटी बैठकले थप १२ विघटित प्रतिनिधिसभाका सांसदलाई कारबाही भने गरेन ।
बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने – सकेसम्म धेरै साथीहरुलाई मूलधारमै राख्ने हाम्रो प्रयास हो । त्यसैले पार्टी एकता बचाउन अन्तिमसम्म हामी प्रयास गर्ने छौं । ज्ञवालीले यति भन्दै गर्दा माधव नेपाललगायतका नेताहरुका सम्बन्धमा भने अहिल्यै कारबाही फिर्ता लिने निर्णय नभएको जानकारी दिए । उनले भने–विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेताहरुले आफूलाई सच्याएर आए त भइहाल्यो नि ।
ज्ञवालीको यो कुराले के बुझिन्छ भने माधव नेपाललगायत केही नेता बिनाको एमाले हाँक्ने सोच ओलीमा व्याप्त छ । हालै भएका राष्ट्रियसभा अन्तर्गतका दुई वटा उपनिर्वाचनमा ओलीले व्यहोरेको क्षति माधव नेपाल समूहकै असहयोगले भएको बुझेका छन् । त्यसैले क्षति कम गर्न मात्रै भएपनि यो समूहका प्रभावशाली नेताहरुलाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।
हिजै मात्र ओलीले नेपाल निकट केही प्रभावशाली नेताहरुसँग आफ्नो पक्षबाट कुरा गराएका थिए । मध्यरातसम्म होटल याक एण्ड यतिमा भएको छलफल पनि लगभग यस्तै विषयमा केन्द्रित रह्यो । नेपाल पक्षमा रहेका नेताहरुलाई ल्याएर एक्ल्याउन पाए जस्तोसुकै अवस्थामा पनि आफ्नो बोलबाला हुने ओलीको ठम्याई छ ।
साथै, प्रतिनिधिसभा फेरि व्यूँतिने परिस्थिति निर्माण भएकाले पनि ओली अली बढी नै अत्तालिएका छन् । प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाले गठन गरेको संवैधानिक इजलाश विवादमा परेको र आजै मात्र वरिष्ठताका आधारमा इजलाश पुनर्गठन गर्न सहमत भएपछि ओली अझै त्रस्त बनेका छन् । वरिष्ठताका आधारमा इजलाश गठन हुँदा ओलीको सबै सेटिङले हावा खाने अवस्था आउने छ । कदाचित प्रतिनिधिसभा पुनस्थापना भयो भने नेपाल पक्षका सांसदहरुकै सहयोगले मात्रै ओलीको पद जोगिन सक्छ ।
अझै पनि उनले पुनस्थापना भएपनि संविधानको धारा ७६ (५) अनुसारको प्रक्रियाबाट बहुमत जुटाउने विश्वास गरेका छन् । त्यसका लागि उनले जनता समाजवादी पार्टीको बिद्रोही समूहको २० मत आफ्नो पक्षमा ल्याउने तयारी गरेका छन् । त्यसैले गर्दा ओली सकेसम्म थोरै मात्र सांसद नेपालसँग रहुन् भन्ने चाहन्छन् । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभाका लागि हिजो भएको निर्वाचन परिणाम र जेठ ६ गते भएको बाग्मती प्रदेशको नियति अब नदोहरियोस् भन्ने नै ओलीको चाहना हो ।
ओलीले थालेको यो चलाखीपूर्ण कदमलाई माधव नेपाल पक्षले कसरी परास्त गर्ला त्यसैमा भावी राजनीतिको गन्तब्य निर्धारण हुने अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार