पार्टी विभाजन अध्यादेश ल्याउँदै प्रधानमन्त्री ओली
नेपालबहस संवाददाता
जेठ १८, २०७८ मंगलबार २१:१८:१४
१८ जेठ, काठमाडौं । फेरि सत्ता संकटमा परेको देखेपछि प्रधानमन्त्री केपी ओलीले जनता समाजवादी पार्टीबाट अलग हुन महन्थ ठाकुर पक्षलाई सहज हुने गरी अध्यादेश ल्याउने भएका छन् । हिजो ओली र महन्थ पक्षबीच भएको लामो कुराकानीका क्रममा यस्तो सहमति जुटेको हो । गएको वर्ष बैशाखमा ल्याइएकै अध्यादेश फेरि ल्याएर महन्थ पक्षलाई पार्टी फुटाउन सहज हुने वातावरण तयार गर्न लागिएको हो ।
यसबारे जसपाकै अर्काे पक्षले जानकारी पाएलगत्तै आजै चारजना नेतालाई पार्टी सदस्यताबाट निष्काशन गरेको छ । जसपाको केन्द्रीय कार्यकारिणी परिषदको आज बसेको बैठकले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्काशन गरिएको छ । अब उनीहरुको हैसियत सांसद रहने छैन । संसद पुनर्गठन भएको अवस्थामा ४० प्रतिशत सांसद जुटाएर पार्टी विभाजन गर्ने आधार तयार गर्न लागेका महन्थ पक्षलाई यसले झड्का दिएको छ ।
कदाचित संसद पुनस्थापना भयो भने उपेन्द्र यादव पक्षले गरेको कारबाही नै आधिकारिक हुने र निर्वाचन आयोगले त्यसैलाई मान्यता दिने भएकाले पनि महन्थ पक्ष डराएको छ । साथै, भोलि नै महन्थ पक्षले ओली सरकारमा सहभागिता जनाउने निर्णय समेत गरिसकेकाे छ । विभिन्न आठवटा मन्त्रालयसहित १० जनालाई मन्त्री बनाउने सहमति दुबै पक्षबीच हिजै जुटिसकेको छ ।
आज भएको कारबाहीले मन्त्रिमण्डलमा सहभागी हुने तयारी प्रभावित नहुने महन्थ पक्षका नेता राजकिशोर यादवले बताए । हामी आफ्ना अजेण्डा पूरा गराएर मात्रै सरकारमा जान लागेका हौं भन्दै उनले मधेसका माग पूरा गर्न सरकार हदैसम्म लचिलो रहेको पनि उनले बताए ।
सत्तामा गएपछि पनि हामीले संविधान संशोधन लगायतका विषयमा गृहकार्य गर्ने छौं – उनले भने । साथै, रेशम चौधरीको रिहाईका विषयमा समेत ओली सरकार आवश्यक प्रकृया थाल्न तयार रहेकाले अब सरकारमा जाँदा कुनै फरक नपर्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार