बेइजिङबाट ८ लाख डोज खोप नेपाल आइपुग्याे
नेपालबहस संवाददाता
जेठ १८, २०७८ मंगलबार २१:२३:४६
१८ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपाल आइपुगेको छ । चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार दिउँसो नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो ।
गत जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए। यसअघि पनि चीनले ८ लाख डोज खोप अनुदानमै दिएको थियो।
योपटक चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज सोमबार राति बेइजिङ गएको थियो। उक्त खोप लिएर जहाज मंगलबार दिउँसो नेपाल आइपुगेको हो। बाँकी २ लाख डोज भने तिब्बत सरकारले प्रदान गर्ने र युनान प्रान्तको राजधानी कुनमिङबाट हिमालय एयरलाइन्सले निस्शुल्क नेपाल ल्याइदिने भएको छ।
यसअघि चीनबाट ल्याइएको ८ लाख डोज खोप १८ वर्ष उमेर समूहका मानिसलाई लगाइएको थियो। त्यसमा पनि बढी काठमाडौं र आसपासका ठाउँहरूमा केन्द्रित गरिएको थियो। त्यो बेला खोप थोरै रहेको र काठमाडौंमा बढी जोखिम रहेको ठहर गर्दै सरकारले खोपलाई काठमाडौंमा केन्द्रित गरेको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशरतसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
मनकामना केबलकार शुक्रबार बन्द हुने
बैशाख ६, २०८१ बिहिबार
प्लाइउड उद्योगमा तीन सय बढी मजदुरले पाए रोजगारी
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार