नगरपालिकाद्धारा डेरी उद्योग अनुगमन
नेपालबहस संवाददाता
जेठ १८, २०७८ मंगलबार २२:४५:३९
१८ जेठ,मध्यपुरथिमि । भक्तपुर नगरपालिकामा आज डेरी उद्योग अनुगमन गरिएको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा डेरी उद्योगको अनुगमन गरेको हो । डेरीको दूध वितरक कोरोना पोजिटिभ भएर पनि वितरण गर्दै हिँडेको जनगुनासो आएकोेले डेरीमा अनुगमन गरेको गोराले बताए ।
अनुगमनमा शिवम् डेरी प्रालिमा दूधमा मिसाउने दूधको पाउडरमा मुसाको लिडहरू भएको, बरफ बनाउने भाँडो र पानी ट्याङ्कीमा मुसाको लिड भेटिएकाले सरसफाइमा ध्यान दिन र म्याद नाघेको कलर फूड, चोको पाउडर, मुसाको लिड भएको दूधको पाउडर जफत गरी नष्ट गरिएको उनले बताए । कामदार र वितरकलाई पिसिआर परीक्षण गराई स्वस्थ्य व्यक्तिलाई मात्र काममा लगाउन, दहीमा लेबल नभएकोले लेबल राखेर मात्र बिक्री वितरण गर्न र नगरपालिकामा तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।
त्यस्तै भक्तपुर डेरी प्रालिमा कामदार र वितरकलाई पीसीआर परीक्षण गराउन, सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ । सञ्जीवनी डेरी उद्योगमा कामदार र वितरकलाई पीसीआर परीक्षण गराउन र दहीको बट्टामा लेबल राख्न निर्देशन दिएको छ । जगदम्बा डेरी एण्ड वेभरेज प्रालिमा कामदार र वितरकको पीसीआर परीक्षण गराउन, दर्ता प्रमाणपत्रसहित तीन दिनभित्र नगरपालिकामा आउन निर्देशन दिएको छ ।
कोभिड–१९ को संक्रमणले सरकारले निषेधाज्ञा जारी गरेको बेलामा भक्तपुर नगरपालिका–८ जेला बस्ने सत्यनारायण प्रजापतिले चोक मिचि बनाएको खुड्किला नगरपालिकाको टोलीले आज भत्काएको छ । नगरपालिकाका कर्मचारीले उक्त खुड्किला भत्काई ढुङ्गासमेत जफत गरेको छ । प्रजापतिले पुरानो घर भत्काई नयाँ घर बनाउँदा नगरपालिकामा नक्सापास गरे पनि नक्साभन्दा फरक र सार्वजनिक चोक मिचेर बनाएको संरचना भत्काएको नगर निरीक्षक आशराम सुवालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
महानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार