चार वाणिज्य बैंकसहित सात कम्पनीको उच्च शेयर माग, कुनको कति ?
नेपालबहस संवाददाता
जेठ १८, २०७८ मंगलबार २३:३६:१
१८ जेठ, काठमाडौं । मंगलबार शेयरबजारमा चार वाणिज्य बैंकसहित सात कम्पनीको शेयर खरिद माग उच्च रहेको छ । यस दिन नेपाल नेपाल बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नेपाल बंगलादेश बैंक र माछापुच्छ्रे बैंक लिमिटेडसहित अन्य सात कम्पनीको शेयर खरिद माग उच्च देखिएको हो ।
यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अरुण भ्याली हाइड्रो र राधी विधुत कम्पनीको शेयरमा उच्च शेयर खरिद माग रहेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा ४ लाख ८२ हजार कित्ता खरिद माग रहेको छ । बैंकको शेयरमा ४ लाख ८२ हजार कित्ता खरिद माग आउँदा १ लाख ५३ हजार कित्ता बिक्री आदेश रहेको छ ।
यस दिनसम्म बैंकको शेयरमूल्य ५२३ रुपैयाँ पुगेको छ । पछिल्लो केही दिन बैंकको शेयरमा सबैंभन्दा बढि खरिद माग रहेका छ ।
अरुण भ्याली हाइड्रो
यस दिन सबैभन्दा बढि अरुण भ्याली हाइड्रोको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा १ लाख ९४ हजार कित्ता शेयर खरिद माग रहेको छ ।
कम्पनीको शेयरमा १ लाख ९४ हजार कित्ता शेयर खरिद माग आउदा ७१ हजार कित्ता बिक्री आदेश रहेको छ ।
पछिल्लो केही दिन कम्पनीको शेयरमा उच्च शेयर खरिद माग रहेका छ ।कम्पनीले हालै हकप्रद निष्कासन गरेको थियो । कम्पनीले हकप्रद निष्कासन गरेसंगै कम्पनीको शेयर खरिद गर्नेको दैनिक भिड लाग्ने गरेको छ ।
राधी विद्युत कम्पनी
यस दिन लगानीकर्ता राधी विद्युत कम्पनीको शेयरमा झुम्मिएका छन् । कम्पनीको शेयरमा २ लाख ७९ हजार कित्ता शेयर खरिद गर्न लगानीकर्ता झुम्मिएका हुन् ।
कम्पनीको शेयरमा २ लाख ७९ हजार कित्ता शेयर माग आउँदा बिक्री आदेश २२ हजार कित्ता रहेको छ । कम्पनीले गत आर्थिक वर्षको लागि प्रस्ताव गरेको ३६ दशमलव ५ प्रतिशत बोनस शेयर पश्चात कायम चुक्तापूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ को आधारमा हकप्रद शेयर विक्री गर्ने भएको हो । जसपश्चात कम्पनीको शेयरमा उच्च खरिद माग रहेको छ । आज कम्पनीको शेयर बढेर प्रतिकित्ता शेयरमूल्य १२९३ रुपैयाँ पुगेको छ ।
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकको शेयरमा १ लाख ७१ हजार कित्ता खरिद माग रहेको छ । बैंकको शेयरमा १ लाख ११ हजार कित्ता खरिद माग आउँदा १ लाख ८४ हजार कित्ता बिक्री आदेश रहेको छ । यस दिन बैंकको शेयरमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ता धेरै देखिएका छन् । यस दिनसम्म बैंकको शेयरमूल्य ३८५ रुपैयाँ पुगेको छ ।
नेपाल बैंक
नेपाल बैंकको शेयरमा १ लाख ६७ हजार कित्ता खरिद माग रहेको छ । १ लाख ६७ हजार कित्ता खरिद माग रहेको बैंकको शेयरमा ४६ हजार बिक्री आदेश रहेको छ । आज बैंकको शेयरमूल्य २ प्रतिशत बढिले वेद्धि भई शेयरमूल्य ३२४ रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शेयरमा २ लाख १३ हजार रमाछापुच्छ्रे बैंकको शेयरमा १ लाख ९१ हजार कित्ता शेयर खरिद माग रहेको छ ।
कुन कम्पनीको शेयर कति माग
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार