ग्राण्डीले घरघरमा पुगेर पीसीआर परीक्षण गर्ने
नेपालबहस संवाददाता
जेठ १८, २०७८ बुधबार ४:४२:३
१८ जेठ, काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले घरघरमा पीसीआ परीक्षण गर्ने भएको छ । नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । पछिल्लो समय अस्पतालले घरघरमा पुगेर बिरामीको स्वाव सङ्कलन गर्न लागेको हो ।
अस्पतालका महाप्रबन्धक विकासमान सिंहले बिहान ८ बजेदेखि १० बजेसम्म बिरामीका घरघरमा पुगेर स्वाँव सङ्कलन गर्न लागिएको राससलाई जानकारी दिए । “गत बुधबारदेखि पीसीआर परीक्षण ल्याव सञ्चालनमा आएसँगै बिरामीको सहजताका लागि घरघरमा पुगेर स्वाँव सङ्कलन गर्न लागेको हौँ”– उनले भने । स्वाँव सङ्कलनको रकम अनलाइनमार्फत भुक्तानी गर्नमिल्ने व्यवस्थासमेत अस्पतालले गरेको छ । पिसिआर परीक्षणको रिपोर्ट भने इमेलमार्फत सम्बन्धित व्यक्तिमा पु¥याउने व्यवस्था मिलाइएको जनाइएको छ ।
अस्पतालले पीसीआर परीक्षणका लागि रु एक हजार ५०० शुल्क तोकेको छ । यस्तै, बिरामीको घरमा पुगेर स्वाँव लिएमा सेवा बापत थप रु ५०० लाग्नेछ । सरकारले रु दुई हजारसम्म पीसीआर परीक्षणका लागि शुल्क तोकेपनि अस्पतालले सरकारले तोकेको दरभन्दा कम शुल्कमा परीक्षण गर्न लागेको हो । सहुलियत दरमा पीसीआर परिक्षण सेवा यही जेठ ३१ गतेसम्म प्रदान गर्ने र अस्पतालमा पीसीआर आइतबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म तथा शनिबार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म हुने जनाइएको छ ।
‘थर्मफिसर क्वान्ट स्टुडियो फाइभ’ नामक अत्याधुनिक मेसिनबाट एक पटकमा ९६ को स्वाव परीक्षण गर्न मिल्नेछ । परीक्षण प्रयोगशाला जडानसँगै अब बिरामी, अस्पतालका डाक्टर तथा कर्मचारी पीसीआर परीक्षणका लागि अन्य अस्पताल तथा स्वास्थ्य संस्था जानुनपर्ने भएको छ ।स्वाँव सङ्कलन गरेको ५ देखि ६ घण्टाभित्र बिरामीको रिपोर्ट आइसक्ने अस्पतालले जनाएको छ ।
उक्त प्रयोगशालामा कोभिड बाहेक अन्य भाइरसको समेत परीक्षण गर्न मिल्नेछ । आगामी दिनमा बिरामीको चापअनुसार पीसीआर परीक्षण सेवा विस्तार गर्दै लैजाने सो अस्पतालले जनाएको छ । विस २०६९ सालमा स्थापना भएको ग्राण्डीमा २०० भन्दा बढी श्ययामार्फत बिरामीको उपचार हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार