दल विभाजनका लागि अध्यादेश ल्याइदिन ओलीसँग ठाकुरको आग्रह
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार १४:१०:१२
१९ जेठ, काठमाडौं । पार्टीभित्र उपेन्द्र यादव पक्ष बहुमतमा भएपछि र दल विभाजनका आवश्यक अंकगणित नपुग्दा जनता समाजवादी दलको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री केपी ओलीसँग दल विभाजनका लागि सहयोगको अपील गरेको छ ।
दल विभाजन सम्वन्धि अध्यादेश ल्याइदिएर वा निर्वाचन आयोगमार्फत आफुहरुलाई दल विभाजनका लागि सहज पारिदिन आग्रह गर्दै त्यसपछि मात्र सरकारमा सहभागी हुन सहज हुने बचन ठाकुरले प्रधानमन्त्री ओलीलाई दिएका छन् ।
वर्तमान कानून अनुसार अहिले पार्टी विभाजनका लागि आवश्यक ४० प्रतिशत ठाकुर पक्षसँग छैन । अझ प्रतिनिधिसभा विघटन भएपछि त ठाकुर पक्ष झनै असजिलोमा परेको छ । ठाकुर पक्षीय केन्द्रीय कार्यकारिणी र संसदीय दल दुवै तिर आवश्यक प्रतिशत पुग्ने हैसियतमा छैन । राष्ट्रियसभामा तीन जना सांसद रहेका जसपा २ सांसद यादव पक्षमा रहेका छन् । जसले गर्दा हाल संसदीय दलमा ठाकुर पक्षका ४० प्रतिशत पुग्ने अवस्था देखिदैन । यस्तै केन्द्रीय कार्यकारिणीमा ५१ मध्ये २० जना ठाकुर पक्षसँग छ ।
प्रतिनिधिसभामा बहुमत पुग्ने भए पनि विघटन भएका कारण त्यसले हाललाई त्यति ठूलो अर्थ राख्ने देखिँदैन । यो अंकगणितले समस्या दिएपछि ठाकुर र महतोले पक्षले अध्यादेश ल्याएर वा निर्वाचन आयोगमार्फत पार्टी विभाजनका लागि सहज पारिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन ।
यता प्रधानमन्त्री भने अध्यादेश ल्याउँदा माधव नेपाल पक्षलाई सहज हुने तत्काल अध्यादेश ल्याउने भन्दा पनि निर्वाचन आयोगबाट आवश्यक वातावरण बनाउने आश्वसन दिएको जसपा नेताहरुले बताएका छन् । जसपा भित्र दुवै पक्षले एकले अर्कोलाई कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार