बारपाकमा ९ श्ययाको अस्थायी कोभिड अस्पताल
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार १९:४९:८
१९ जेठ,गोरखा । सुलिकोट गाउँपालिकाको बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालन गरिने भएको छ । गाउँपालिकाले कोभिडका बिरामीको आपत्कालीन उपचारका लागि नौ श्यया क्षमतासहितको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न लागेको हो ।
गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले भने “संक्रमितलाई आपत्कालीन उपचार गरिहाल्नुपर्ने अवस्था आए अन्यन्त्र सुविधा सम्पन्न अस्पतालमा पु¥याउनुअघि आवश्यक उपचारको व्यवस्था मिलाउनका लागि अस्थायी अस्पताल सञ्चालन गर्न लागिएको हो”, उनले भने, “अस्पतालमा चिकित्सक, स्टार्फ नर्स तथा हेल्थ असिस्टेन्टसहितको स्वास्थ्यकर्मीको टोली रहने गरी अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।”
बारपाकमा एकै ठाउँमा कोरोना संक्रमणदर उच्च भएकाले पनि त्यहाँका नागरिकको स्वास्थ्य सुरक्षाका लागि अस्थायी कोभिड अस्पताल निर्माण नगरी नहुने अवस्था भएकाले गृहकार्य शुरु गरिएको अध्यक्ष भट्टको भनाइ छ । अस्थायी कोभिड अस्पताल निर्माणका लागि जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई आवश्यक जनशक्ति उपलब्ध गराउन आग्रह गरिएको र केन्द्रले पनि केही जनशक्तिको उपलब्ध गराइसकेको अध्यक्ष भट्टले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार