मंगलबार , असार १, २०७८

फेकु साहले हड्पे ५ कठ्ठा जग्गा, सप्तरी प्रहरी प्रशासन मौन

फेकु साहले हड्पे ५ कठ्ठा जग्गा, सप्तरी प्रहरी प्रशासन मौन

१९ जेठ, राजविराज । सार्वजनिक जग्गा संरक्षण र नियन्त्रण गर्ने मुख्य जिम्मेवारी र अधिकार समेत पाएको स्थानीय प्रशासन र प्रहरीले नै अनदेखा गर्न थालेका छन् । स्थानीय कृषकहरुले पटकपटक पत्राचार र दवाव दिदाँ पनि स्थानीय प्रशासनले कुनै सुनुवाई गरेको छैन् ।

अर्को सरकारी निकायले सार्वजनिक जग्गा हडपेको र संरक्षणका लागि लिखित पत्राचार गर्दा समेत चुप लागेर बसेबाट जग्गा हडप्नेसँग सप्तरी प्रहरी प्रशासनको साँठगाँठ छ भन्ने कुराको पुष्टि हुन्छ । एउटा जिम्मेवार सरकारी निकायले जिल्लाको प्रशासन प्रमुख प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रहरीलाई समेत लिखित जानकारी दिदाँ समेत कुनै कारवाही र सुनुवाइ हुन सकेको छैन ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सप्तरीको करिब पाँच कठ्ठा जग्गा एक व्यक्तिले सार्वजनिक जग्गा हडपेको कारण बगरमा परिणत हुने भएको छ । गत बैशाख १९ गते कोशी पम्प चन्द्र नहर सिचाई व्यवस्थापन कार्यालयले जिल्ला प्रशासन कार्यालय सप्तरीलाई लिखित पत्र पठाई नहर ( भिसी) जग्गाको अतिक्रमण रोक्का गरिदिनु हुन पत्र पठाएको र स्थानीय इलाका प्रहरी कार्यालय बोडे बर्साइनलाई पत्राचार गरेपनि कुनै कारवाही नभएपछि स्थानीय कृषक यतिबेला आक्रोशित बनेका छन् ।

उक्त सिचाई कार्यालयले पत्रमा भनेको छ, यस कार्यालय अन्तरगत संचालित कोशी पम्प नहर सिचाई प्रणालीमा बोडे बर्साइनी वडा नम्बर ६ को खमगारा पश्चिम टोलस्थित निर्माणधिन नहरको भिसी बोडे बर्साइन बडा नम्बर ६ खमगारा बस्ने फेकु साहले जोर जवर्जस्ती भिसी मासी पोखरी खन्ने काम गरिरहेको भन्ने जानकारी प्राप्त भएको हुँदा पोखरी खन्ने कार्य रोक्का गरि सरकारी सम्पत्ति अतिक्रमण हुनबाट बचाउन तत्काल आबश्यक कारवाही गरि गराई दिनुहुन अनुरोध छ ।

saptari 1

कार्यालय प्रमुख राजेन्द्रप्रसाद साहले जिल्ला प्रशासन कार्यालय सप्तरी र स्थानीय इलाका प्रहरी कार्यालयलाई लिखित पत्र पठाएको महिना दिन बितिसक्दा पनि कुनै कारवाही भएको छैन । फेकु साहले नहरको सार्वजनिक जग्गा हडपेर पोखरी बनाउने काम गरिरहेका छन् ।

स्थानीय इलाका प्रहरीका सई अरूण सिहंको फेकुका छोरा भोला प्रसाद साहसँग उठबस र आर्थिक सम्बन्ध भएको कारणले पनि सरकारी जग्गा अतिक्रमण नरोकिएको बताइएको छ ।

भूलसुधार:-

प्राविधिक कारणबश यसअघि “फेकु साहले हड्पे ५ सय बिगाहा जग्गा, सप्तरी प्रहरी प्रशासन मौन” शिर्षकमा प्रकाशित समाचारमा “फेकु साहले हड्पे ५ कठ्ठा जग्गा, सप्तरी प्रहरी प्रशासन मौन” शिर्षकमा करिब ५ कठ्ठा जग्गा हुनुपर्नेमा अन्यथा हुन गएकोले सो शब्द सच्चाई करिब ५ कठ्ठा लेखिएको छ । धन्यवाद । प्रधानसम्पादक ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय