चुरे क्षेत्र बेच्ने कुरा राष्ट्रघातीः यादव
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार २२:३:२४
१९ जेठ, काठमाडौं । सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेट बक्तव्यमा चुरे क्षेत्रको खानीजन्य ढुंगा गिट्टी र बालुवा निकासी गरी भारतसँगको व्यापार घाटा न्यून गर्ने भनिएको विषयमा मधेस केन्द्रित जनता समाजवादी पार्टीले कडा विरोध जनाएको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले आज पार्टीको आधिकारिक धारणा प्रस्तुत गर्ने क्रममा जारी गरेको विज्ञप्तिमा यस्तो विरोध जनाइएको हो । सरकारले ल्याएको उक्त व्यवस्थाले मधेसको आधारस्तम्भका रुपमा रहेको चुरे क्षेत्र मरुभूमि बन्ने खतरा बढेको उनले प्रष्ट्याएका छन् । यसले चुरे क्षेत्रको विनाश गरी वातावरणीय सन्तुलनसमेत गुम्ने खतरा बढाउने उनले औंल्याएका छन् ।
व्यापार न्यूनीकरण गर्ने नाममा यस्तो राष्ट्रघाती काम गर्ने छूट कसैलाई नरहेको पनि उनले स्पष्ट गरेका छन् । यो व्यवस्था हटाइएन भने केही वर्ष भित्रै मधेस मरुभूमिमा रुपान्तरण हुने उनले उल्लेख गरेका छन् ।
मधेसको उर्वतालाई समाप्त गर्न यो षडयन्त्र गरिएको भन्दै अध्यक्ष यादवले भरपर्दाे वैज्ञानिक ढंगले यसबारे विस्तृत अध्ययन नगरी यस्तो निकासी गर्न दिन नहुने माग गरेका छन् ।
उता, मधेसकै नाममा राजनीति गर्ने राजपाकै अर्काे पक्ष भने यो मुद्धामा चूपचाप देखिएको छ । महन्थ ठाकुर – राजेन्द्र महतो पक्ष भने सरकारको रक्षाकवचका रुपमा रहेको छ । आज वा भोलि नै ओली सरकारमा सहभागी हुने तयारीमा यो पक्ष रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार