निषेधाज्ञा उल्लंघन गर्ने २,८७४ सवारीसाधन नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बिहिबार १:१६:२८
१९ जेठ, काठमाडौं । प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ८ सय ७४ वटा सवारीसाधनलाइ नियन्त्रणमा लिएको छ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ८ सय ७४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
तीमध्ये ६ सय ९५ वटा गाडी र २ हजार १ सय ७९ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ सय ४० जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।
कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५ सय ११ जनालाई कोभिड(१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ९५ हजार १ सय रुपैयाँ जरिवाना गरिएको छ ।
सो क्रममा ४ हजार ३ सय ८९ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८४ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ६ हजार ४ सय ४९ जनालाई सचेत गराइएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार