नेविसंघद्धारा बालवालिकालाई खेलकुद र स्वास्थ्य सामाग्री वितरण
नेपालबहस संवाददाता
जेठ २०, २०७८ बिहिबार १२:५१:५४
२० जेठ, स्याङ्जा । नेपाल विद्यार्थी संघ स्याङ्जा काठमाण्डौं सम्पर्क समितिले विद्यार्थीलाई खेलकुद सामाग्री वितरण गरेको छ । कोभिड-१९ बाट घरमै सुरक्षित रहेका सान साना बालवालिकालाई खेलकुद मार्फत उच्च मनोबल बढाउने उदेश्यले नेविसंघले खेलकुदका सामाग्रीसहित स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
स्याङ्जाको वालिङ–११ पेखुमा रहेको गणेशमा स्मृति प्राथामिक विद्यालयका विद्यार्थीहरुका लागि खेलकुदका लागि क्यारमबोर्ड, कापी–कलमहरू, मास्क, सेनिटाईजर र अक्सिमिटर वितरण गरेको थियो । विद्यालयमा अध्ययनरत शिशु कक्षा देखी कक्षा ३ सम्मका विद्याथीले खेलकुदमा सहभागी हुन मिल्ने गरी साईज अनुसारको ४ थान क्यारमवोर्ड, अध्ययनका लागि कापी कलम र स्वास्थ्य सामाग्री वितरण गरेको स्याङ्जा काठमाण्डौ सम्पर्क समितिका सभापति ईन्जिनियर दिपेन्द्र क्षेत्रीले बताए ।
यसभन्दा अगाडी विभिन्न संघसंस्थालाई स्वास्थ्य सामाग्री वितरण गरेको समितिले वालवालिकालाई स्वास्थ्यका लागि खेलकुद भन्ने सन्देश प्रवाह गर्न विद्यार्थीलाई खेलकुदका सामाग्री वितरण गर्ने अभियान चलाएको सभापति क्षेत्रीले बताए । उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारकबहादुर थापा(कृष्ण) लाई एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको विद्यालयका प्राधानाध्यापक बविता थापाले जानकारी दिइन् ।
समितिले पेखुकै नगर स्वास्थ्य केन्द्रलाई १ थान अक्सिमिटर, मास्क, सेनिटाईजर र वालिङ्–११ धनपुर, टापु स्थित स्वेक स्वास्थ्य चौकी लाई २ थान अक्सिमिटर, मास्क र सेनिटाईजर वितरण गरेको छ । कोरोना संक्रमणका बेला स्वास्थ्यकर्मीहरु अग्रपंतीमा रहेर काम गर्दै आएको भन्दै ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई सामाग्री प्रदान गरेको जनाएको छ ।
यस्तै समितिले १२ घर परिवारमा कोरोना संक्रमणबारे सचेतना सहित साबुन र मास्क वितरण गरेको जनाएको छ । सरकार जनता भन्दा पनि सत्ता जोगाउन व्यस्त रहेको आरोप लगाउदै समितिका सभापति क्षेत्रीले नागरिक स्तरबाटै रोग निर्मुल पार्न स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने बताए ।
गणेशमान स्कुललाई हस्तान्तरण गरेको ४ थान क्यारमबोर्ड, कापी र कलम काठमाण्डौं–१४ नं वडा कलंकी निवासी नेपाली कांग्रेसका युवा नेता महेश रायमाझीबाट सहयोग गरिएको जानकारी दिए ।
उक्त वितरण कार्यक्रममा वालिङ्–११ नेपाली कांग्रेस पार्टि सचिव सुरेश अर्याल, वालिङ्–११ तरूण दल सभापति नरेन्द्र पराजुली, त्रिनेन्त्र क्लब, सुर्कौदींका अध्यक्ष विशाल पंगेनी, युवा समाजसेवी लक्ष्मण विश्वकर्मा(जिदान), तरूण नेता विश्वास पंगेनी लगायतको सहभागितामा सामाग्री वितरण गरिएको थियो । सम्पर्क समितिले गणतन्त्र दिवसको अवसर पारेर शुरुवात गरेको सहयोगी कार्यक्रमलाई निरन्तरता दिदै जाने बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार