सङ्कटापन्न सूचीमा सूचीकृत गौरीगाई गणना बीचैमा स्थगित
नेपालबहस संवाददाता
जेठ २०, २०७८ बिहिबार १२:५९:१९
२० जेठ, नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा शुरु भएको सङ्कटापन्न सूचीमा सूचीकृत गौरीगाई गणना बीचैमा स्थगन भएको छ । आन्तरिक प्रयोजनका लागि भन्दै निकुञ्जले गत वैशाख २८ गतेदेखि शुरु गरेको गौरीगाई गणना जङ्गली हात्तीको अवरोधका कारण स्थगन गरिएको निकुञ्जले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार गणना अन्तिम चरणमा पुगेको बेला जङ्गली हात्तीले अवरोध पु¥याएको हो । “निकुञ्जमा गौरीगाई पाइने क्षेत्रलाई १४ वटा ब्लकमा विभाजन गरेर गणना भइरहेको थियो”, अधिकारीले भने, “१२ वटा ब्लक सकाएर अन्तिमको दुई वटा गणना गर्ने बेलामा जङ्गली हात्तीले अवरोध गरेपछि गणना स्थगन गरिएको छ ।” गौरी गाई गणना कहिलेदेखि पुनः शुरु गर्ने भन्ने बारे यकिन नभएको अधिकारीले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत सङ्कटापन्न अवस्थाको जङ्गली गाई ‘गौरीगाई’को निकुञ्जले पाँच वर्षपछि गणना थालेको थियो । गौरीगाईको पछिल्लो अवस्थाका बारेमा जानकारी लिने उद्देश्यका साथ आन्तरिक अनुगमन तथा गणनाका लागि निकुञ्जका २२ वटा हात्ती र ६० जनशक्ति परिचालन गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जको गौरी पाइने सम्भावित चुरे, भावर र नदी तटीय क्षेत्रमा सालको वनसँग जोडिएका घाँसे मैदानलाई १४ वटा ब्लकमा विभाजन गरी प्रत्यक्ष अवलोकन विधिबाट गणना शुरु भएको थियो ।
सन् २०१६ को गणनाअनुसार नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा गरी ४७३ गौरीगाई रहेकामा चितवनमा ३६८ पाइएको थियो । सन् १९५० को दशकमा नेपालको पूर्वी क्षेत्र उदयपुर तथा कोशी टप्पु क्षेत्रमा प्रशस्त पाइने गौरीगाई पछिल्ला दिनमा देखिन छाडेका छन् । सन् २०११ को गणनामा ३१२ वटा गौरीगाई रेकर्ड भएका थिए ।
नेपाल र भारतसमेत दक्षिण एशिया तथा दक्षिणपूर्वी एशियाका ११ देशमा तीन उपप्रजातिका गौरीगाई पाइने गरेको छ । विशेषगरी सुक्खा भागमा बस्न रुचाउने गौरीगाईको सरदर आयु २० देखि ३० वर्ष हुने गरेको छ । ठूलो झुण्डमा बस्न रुचाउने यो वन्यजन्तु कहिलेकाहीँ बाघको शिकारमा पनि पर्ने गरेको छ । भाले गौरीगाई ६०० देखि १००० किलोग्रामसम्म हुन्छ । प्रायः जसो एउटा हुलमा आठदेखि ११ वटाको सङ्ख्यामा गौरीगाई रहने गरेको निकुञ्जले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार