सोमबार , असार ७, २०७८

चुरे उत्खनन गरी गिट्टी बालुवा निर्यात निर्णयप्रति राजनीतिक दलले गरे चर्को विरोध

चुरे उत्खनन गरी गिट्टी बालुवा निर्यात निर्णयप्रति राजनीतिक दलले गरे चर्को विरोध

२० जेठ, काठमाडाैं । नेपाली कांग्रेसका नेता अर्जुननरसिह केसीले गिट्टी, बालुवा भारत निर्यात गर्ने नीतिको विरोध गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा एक विचार लेख्दै नेता केसीले सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा सो नीति ल्याइएपछि विरोध गरेका हुन् ।

उनले अगाडि लेखेका छन्, सत्ता र कुर्सीको अनन्त मोह र असीमित अहंकारपूर्ण निरंकुश यात्रामा हिँडेको यो नक्कली राष्ट्रवादी सरकारको सक्कली पहिचान र लम्पसार बादी अनुहार र अर्को लज्जास्पद नमुना तराई मधेसलाई मरुभूमिमा परिणत गर्न चुरे उत्खनन गरी गिट्टी बालुवा निर्यात गर्ने राष्ट्रघाती कदमले झन उदाङ्गो भएको छ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

क्षय र अतिक्रमणका लागि चुरे क्षेत्र पहिला नै संकटमा परेको र सो संकटले चुरे मात्र होइन समग्र तराईलाई नै असर गर्ने भनी चिन्ता व्यक्त भइरहेको छ ।

गत शनिबार १५ गते अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गरे । बजेटको बुँदा नं. १९९ — ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ ।

निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोपवे निर्माण गर्न र आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु’ — यतिखेर यहि बिषय चर्चाको शिखरमा छ ।

सरकारले यस्ताे नीति ल्याइएपछि विपक्षी दलदेखि यतिबेला वातावरणविद र समाजका विभिन्न तह र तप्काका व्यक्तिले यसको चर्को विरोध  जनाइरहेका छन् । यस्तै सरकारका मन्त्री र सरकारी अधिकारीहरू बाहेक सबै राजनीतिक दलले यसको चर्को विरोध गरेका छन् ।

नेपाली कांग्रेसले एक विज्ञप्तिमार्फत सरकारको सो निर्णयको कडा शब्दमा आलोचना गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति प्रकाशित गरेर चुरे दोहन गरी पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्ने नारा खरानीको व्यापार गर्न घर जलाएजस्तै भएको टिप्पणी गरेका छन् । कांग्रेसले तत्काल सो निर्णय सच्याउन समेत आग्रह गरेको छ ।

यता, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा ‘खानीजन्य ढुंगा, गिट्टी र वालुवा निकासी गरि व्यापार घाटा कम गर्ने’ योजना समेटिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि सो नीतिको विरोध गरेका छन् । उनले बुधबार एक ट्वीट गर्दै सो नीतिमार्फत सत्ता टिकाउन खोजेको बताएका छन् । उनले सो निर्णयलाई तत्काल खारेज गर्न समेत आग्रह गरेका छन् ।

त्यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारको सो निर्णयलाई राष्ट्रघाती भनेका छन् । उनले पनि निर्णय सच्याउन आग्रह गरेका छन् । त्यसैगरी अन्य विभिन्न राजनीतिक दलहरूले समेत सरकारको निर्णयको विरोधमा प्रेस विज्ञप्ति नै प्रकाशित गरेका छन् ।

त्यसैगरी वातावरणविद्हरूले समेत सो निर्णयको विरोध गरेका छन् । नेपाल वातावरण पत्रकार समूहले एक विज्ञप्ति मार्फत सो नीतिले चुरेको विनाश हुने भएकाले सो निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ । सामाजिक सञ्जालमा समेत सो निर्णयको चर्को विरोध भएको छ । सो नीतिले सरकार वातावरणका विषयहरूमा संवेदनशील नभएको वातावरणविद्हरूले उल्लेख गरेका छन् ।

baluwa 1

बालुवाबाट घर, भवन, सडक, पुल र बाँधजस्ता पूर्वाधार मात्रै होइन, आधुनिक प्रविधिका लागि नभई नहुने सिसादेखि इलेक्ट्रोनिक्ससम्मका सामग्रीहरू पनि बन्छन् । त्यसैले हाल संसारमा बालुवाको उत्खनन परिमाण विश्व अर्थतन्त्रको इन्जिन मानिने खनिज तेलभन्दा पनि अधिक छ । सन् २०१९ मा प्रकाशित संयुक्त राष्ट्रसंघीय रिपोर्टका अनुसार, मानवजातिले पानीपछिको सबैभन्दा धेरै परिमाणमा निकाल्ने र व्यापार गर्ने वस्तु हो— बालुवा ।

baluwa 2

हाल विश्वमा वार्षिक ४० बिलियन टन बालुवा उपयोग गरिन्छ । विश्वभर बढ्दो सहरीकरण र पूर्वाधार विकासको द्रुत गतिका कारण गत दुई दशकयता विश्वमा बालुवाको खपत तीन गुणाले वृद्धि भएको छ । अत्यधिक उपयोग र खपत हुने वस्तु भए पनि बालुवाको उत्खनन विश्वमै खुकुलो नियमनले सञ्चालित, भ्रष्टाचारयुक्त र वातावरणीय हिसाबले विनाशकारी उद्यम मानिन्छ । तर यता भारतबाट दैनिक रुपमा चुरे,भावर र तराई क्षेत्रका नदीबाट यसरी बालुवा तस्करी भइररदा सरकार मौन छ ।

baluwa 3

baluwa 4

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोरोनाले मुलुकका अन्य क्षेत्रमा नकारात्मक प्रभाव, नेप्सेमा नयाँ रेकर्ड कोरोनाले मुलुकका अन्य क्षेत्रमा नकारात्मक प्रभाव, नेप्सेमा नयाँ रेकर्ड ४ हप्ता पहिले
कोरोनाबाट मृत्यु हुने मृतकका परिवारलाई आर्थिक सहयोग कोरोनाबाट मृत्यु हुने मृतकका परिवारलाई आर्थिक सहयोग २ हप्ता पहिले
महाराष्ट्रको केमिकल कारखानामा आगलागी, १८ जना मजदूरको मृत्यु महाराष्ट्रको केमिकल कारखानामा आगलागी, १८ जना मजदूरको मृत्यु २ हप्ता पहिले
राजनीतिक गडबडीको बेवास्ता गर्दै बुलिस बाटोमा दौडियो शेयर बजार राजनीतिक गडबडीको बेवास्ता गर्दै बुलिस बाटोमा दौडियो शेयर बजार ४ हप्ता पहिले
कालो ढुसीको संक्रमण बाँके र काठमाडौंका संक्रमितमा पुष्टि कालो ढुसीको संक्रमण बाँके र काठमाडौंका संक्रमितमा पुष्टि ३ हप्ता पहिले
कोरोनाको उपचारका लागि अस्पताल भर्ना भएका ज्येष्ठ नागरिक कोरोनाको उपचारका लागि अस्पताल भर्ना भएका ज्येष्ठ नागरिक ४ हप्ता पहिले
सिम्रिक सहकारीद्धारा दुर्घटनामा परी दिबंगत सदस्यको ऋण मिनाहा सिम्रिक सहकारीद्धारा दुर्घटनामा परी दिबंगत सदस्यको ऋण मिनाहा ४ दिन पहिले
शीतलनिवास निगाहको विषाक्त सत्ता शीतलनिवास निगाहको विषाक्त सत्ता २ हप्ता पहिले