बुधबार , असार २, २०७८

जेठ २ मा फर्काउँछु भन्ने ‘ललीपप’ मा अल्मलिने ? ओलीको हर्कत क्षमायोग्य छैन- नेपाल

जेठ २ मा फर्काउँछु भन्ने ‘ललीपप’ मा अल्मलिने ? ओलीको हर्कत क्षमायोग्य छैन- नेपाल

२० जेठ, काठमाडौं । नेकपा एमाले पार्टीभित्र दोस्रो पुस्ताका नेताहरु पार्टी एकता जोगाउने भन्दै वार्ता र संवादमा लागिरहेका  बेला पार्टी अध्यक्ष  केपी शर्मा ओलीले पार्टी एकताका लागि पार्टीलाई २०७५ जेठ २ मा फर्काउँन चाहेको भनि आएका खबरप्रति पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले ओलीको उक्त सन्देश राजनीतिक फन्डा एवम् नक्कली कुरा मात्र भएको प्रतिक्रिया दिएका छन् ।

संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भएपछि ओली अप्ठेरोमा परेको र त्यही कारण विभिन्न बहानाबाजी गरेको तत्काललाई संकट टार्न ओलीले यो चालबाजी रचेको  नेता नेपालको आरोप छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

‘अहिले आएर जेठ २ मा फर्काउँछु । त्यो नक्कली कुरा गर्ने । फर्काउने हो भने भटाभट फर्काए भइहाल्छ नि, किन यसो गर्छु भन्नुपर्यो ?  नवौं महाधिवेशनको म्यान्डेट अनुसार अघि बढे पुग्छ। पार्टीलाई नीति र विधिमा चलाए हुन्छ । हाम्रा विषय ठूला थिएनन् तर ओलीले जे हर्कत गरे त्यो क्षमायोग्य छैन, नेपालले भने

ओलीले संसद विघटन गरेर लोकतान्त्रिक मूल्य मान्यतालाई नै धराशयी बनाएको, संविधानको मर्यादा नै उल्लंघन गरेका छन्’, अब पनि ओलीले देखाएको ‘ललीपप’ मा अल्मलिने ? नेता नेपालले जनवर्गीय संगठनका नेताहरूलाई भर्चुअल बैठकमा भने ।

अदालतले संसद पुनर्स्थपना गरिदिने देखेपछि पछिल्लो पटक ओली माधव नेपालपक्षका केही नेताहरु फकाउने रणनीतिमा लागेका छन् ।योगेश भटराई, गोकर्ण विष्ट,र सुरेन्द्र पाण्डे लगायतका केही नेपाल पक्षका नेताहरु ओली जालमा परिसकाले ओली अपमानक बीच प्रयास जारी राखेको नेपाल पक्षका नेताहरुले नै बताउने गरेका छन् ।

यसैबीच  एमालेका दुवै पक्षले आजै छुटा छुटै बैठक आब्हान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

लगातारको वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध लगातारको वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध २२ घण्टा पहिले
गण्डकीमा ३० अर्ब तीन करोड ९४ लाखको बजेट [ पूर्णपाठ ] गण्डकीमा ३० अर्ब तीन करोड ९४ लाखको बजेट [ पूर्णपाठ ] १६ घण्टा पहिले
ओलीको चालमा रन्थनिएको एमाले ओलीको चालमा रन्थनिएको एमाले २४ घण्टा पहिले
नदीको बगर किसानको मेहनतले बन्यो हराभरा नदीको बगर किसानको मेहनतले बन्यो हराभरा २२ घण्टा पहिले
इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) १८ घण्टा पहिले
मेलम्ची क्षेत्रमा उद्धारका लागि अखिल र युवा संघको टोली परिचालन मेलम्ची क्षेत्रमा उद्धारका लागि अखिल र युवा संघको टोली परिचालन ५६ मिनेट पहिले
बाढीले पक्की पुल क्षति, सडक सम्पर्क टुट्यो बाढीले पक्की पुल क्षति, सडक सम्पर्क टुट्यो १२ मिनेट पहिले
मेलम्चीमा बाढी र पहिरोकाे वितण्डा: ५० जनाभन्दा बढी बेपत्ता ! मेलम्चीमा बाढी र पहिरोकाे वितण्डा: ५० जनाभन्दा बढी बेपत्ता ! ६ घण्टा पहिले