मंगलबार , असार १, २०७८

आज काठमाडौं उपत्यकामा बिहानैदेखि घाम

आज काठमाडौं उपत्यकामा बिहानैदेखि घाम

२० जेठ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका धेरै ठाउँको मौसम सफा रहने जनाएको छ । महाशाका अनुसार आज काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागेको छ ।

तर केही ठाउँमा भने मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । विभागका अनुसार पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले गर्दा मौसम बदली भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

लुम्बिनी प्रदेशका थोरै भू–भागका साथै देशका पहाडी भू–भागमा आंशिक छ भने बिहीबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ ।

प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । अरु केही ठाउँमा भने हावाहुरी, चट्याङसहित मेघगर्जन हुने सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय