शुक्रबार , असार ११, २०७८

देउवा र नेपाल मिल्दा ओली चिलिम

देउवा र नेपाल मिल्दा ओली चिलिम

२० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओली यतिबेला नेपाली राजनीतिको मियो पात्र हुन् । उनको यो हैसियत प्रधानमन्त्री भएर मात्रै बनेको हैन । बरु उनलाई समयमै विस्थापन गर्न चुकेका विपक्षीहरुको अकर्मण्यता र लाचारी मुख्य कारक हुन् । नत्र ओली यतिबेला प्रतिपक्षी दलका नेतामा खुम्चिसकेका हुन्थे ।

यसका लागि मुख्यतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल दोषी छन् । यी दुबै पात्रले यथासमयमा सही निर्णय लिन नसक्दा परिस्थिति उल्टो दिशातिर डोरियो । फागुन ११ गते सर्वोच्च अदालतले ओलीको विघटनको निर्णय उल्टाइदिएपछि राजनीतिले निकास पाउनुपथ्र्याे । त्यसका लागि प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले देउवाले संसदमा अविश्साव प्रस्ताव दर्ता गर्नुपथ्र्याे, गरिएन ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

अविश्वास आएको थियो भने ओलीका विरुद्ध नेकपाकै हैसियतमा रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नेपालले ओलीलाई पदमुक्त गरिसक्थे । त्यहाँ देउवा चुके । फागुन २३ गते नेकपा विभाजन गर्ने षडयन्त्रकारी सेटिङ पनि देउवाकै कारण सम्भव भयो । किनभने यो अवधिमा ओलीले रामशाहपथतिर सेटिङ मिलाए । त्यसैको प्रतिफल थियो – फागुन २३ को फैसला ।

त्यसैबखत सामूहिक राजीनामा गरेका थिए भने परिस्थिति अर्काे भइसक्थ्यो । त्यसपछि पनि उनी पार्टी एकताको नाममा ओलीका गुलिया बचनमा केही समय भुलिए । तर जब ओलीले हरेक बाचा तोड्दै गए अनि बल्ल नेपालको आँखा खुलेको छ । जेठ ७ गते नेपाल पक्षका २६ जनाले देउवा नेतृत्वमा बन्ने संविधानको धारा ७६(५ं) को सरकारका लागि समर्थन जनाए ।

उक्त फैसलाले ओलीलाई मुसोबाट एकाएक बाघको हैसियतमा पु¥यायो । प्रतिरक्षात्मक अवस्थाका ओली उक्त फैसलापछि त पूर्व एमालेको एकल अध्यक्षको हैसियतमा बौरिए । त्यहाँ नै ठूलो भूल भयो । अनि त ओलीको व्यवहार फेरि उही । यो घटनापछि प्रचण्डको भूमिका खुम्चियो । तैपनि उनले ओली सरकारलाई दिंदै आएको विश्वास फिर्ता गर्न सक्थे । उनले पनि गरेनन् ।

किनभने देउवाको सकारात्मक सन्देश उनले पाएका थिएनन् । त्यो अवस्थामा एमालेमै फर्कन बाध्य पारिएका पात्र नेपाल बढो निरीह देखिए । उनको समूहका लागि अदालतको फैसला “नखाउँ दिनभरीको शिकार खाउँ कान्छा बाउको अनुहार” जस्तो भएको थियो । उनी अदालतकै फैसला बमोजिम २ जेठ, २०७५ को अवस्थामा फर्कने सर्तमा ओली नेतृत्वमा जान तयार देखिए । तर ओलीले त्यो मान्ने कुरै रहेन । किनभने उनलाई नेकपाबाट साधारण सदस्यबाट समेत घोर्केठ्याक लगाइएको तीतो घटना ताजै थियो ।

त्यसबेला नै नेपालले आँट गरेर देउवा नेतृत्वमा सरकार बनाउने गरी ओलीलाई झड्का दिन सक्थे । तर गरेनन् । खासगरी उनले बैशाख २७ मा जब ओलीले विश्वासको मत लिने तयारी गरे । त्यसैबखत सामूहिक राजीनामा गरेका थिए भने परिस्थिति अर्काे भइसक्थ्यो । त्यसपछि पनि उनी पार्टी एकताको नाममा ओलीका गुलिया बचनमा केही समय भुलिए । तर जब ओलीले हरेक बाचा तोड्दै गए अनि बल्ल नेपालको आँखा खुलेको छ । जेठ ७ गते नेपाल पक्षका २६ जनाले देउवा नेतृत्वमा बन्ने संविधानको धारा ७६(५ं) को सरकारका लागि समर्थन जनाए ।

यो निर्णय भने बोल्ड देखियो । त्यही निर्णयका कारण ओली कमजोर भए । उनका सबै सेटिङ भुत्ते हुन थालेका छन् । अनि ओलीले अर्काे फण्डा थालेका छन् – नेपालका नेता चोर्ने । त्यसका लागि ओलीले घनश्याम भूषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईलाई अल्मल्याइरहेका छन् । पार्टी एकताका लागि नेपालले उठाएका माग संवोधन गर्न ओली तयार । तर उनको सर्त भने देउवालाई गरेको समर्थन फिर्ता हुनुपर्ने । यसको अर्थ ओलीलाई अब डर भइसक्यो कि प्रतिनिधिसभा फेरि ब्यूँतिदैछ । किनभने उनका सबै सेटिङ घाममा सुक्न थालेका छन् । त्यही जोखिमबाट जोगिन ओलीले एकताको पासा फ्यालेका हुन् ।

यो विन्दूमा आइपुग्दा भने देउवा र नेपाल बोल्ड भएका छन् । वहुमत सांसद्को हस्ताक्षर बुझाएर राष्ट्रपति समक्ष बुझाउँदासमेत प्रधानमन्त्री बन्नबाट बञ्चित देउवाले बल्ल बुझे की ओली सत्ता छाड्न तयार छैनन् । अब जसरी भएपनि ओलीलाई च्यूत गर्न तयार हुनुपर्छ ।

त्यसैगरी नेता नेपाल पनि अब ओलीको गुलियोमा नफस्ने भएका छन् । जब अफ्ठेरो पर्छ अनि मात्रै ओलीको वार्ताको कार्ड खुल्ने गरेको उनले प्रष्ट बुझेका छन् । त्यसैले अब केही नेताको वार्तारुपी नौटंकीप्रति पनि नेपालको रुची देखिएन । आजै उनले आफ्नो पक्षको केन्द्रीय कमिटी बैठक राखेका छन् । अब ओलीसँग छलछामको कुनै वार्ता हुने र गर्ने नाटक नगर्ने पनि उनले प्रष्टै पारेका छन् । देउवा र नेपालमा यो खाले परिपक्वता अलि पहिल्यै आएको थियो भने ओली यतिखेर सडकमा आइसक्थे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय