बुधबार , असार २, २०७८

ओलीसँगको संवाद सकियो, विभाजन मात्रै विकल्प !

ओलीसँगको संवाद सकियो, विभाजन मात्रै विकल्प !

२० जेठ, काठमाडौं । आन्तरिक विवादमा रहेकाे एमाले विभाजनको डिलमा पुगेको छ । दोस्रो तहका नेताहरुले विभाजन रोक्न गरेकाे प्रयास असफल भएपछि एमाले विभाजनको डिलमा पुगेको हो । नेकपा ‘एमाले’को एकताको प्रयास भइरहेको नेताहरुले बताइरहँदा दोस्रो तहका नेताहरुले ‘मिराकल’ भए मात्रै एकता बचाउन सकिने नत्र नसकिने भन्दै संवादको ढोका बन्द भएको बताएका छन् ।

माधव नेपाल पक्षका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भूषाल, योगेश भट्टराई, गोकर्ण विष्टले गरेको प्रयास निरर्थक भएपछि उनीहरुले संवादको चरण सकिएको जनाएका हुन् । बुधबार दिनभरको भेटघाट पनि असफल भएपछि बुधबार साँझ चारै जनाको निष्कर्ष ओलीले झुक्याउन मात्रै खोजेकाले संवाद गर्नुको कुनै अर्थ नभएको बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले पार्टी एकताको प्रयास अन्तिम समयसम्म गर्ने निर्णय गरेको थियो । तर आज एमालेका छुट्टाछुट्टै बैठक बस्न लागेका छन् । एमालेका वरिष्ठ नेता झलनाथ खनाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । भर्चुअल रुपमा हुने बैठक बिहान ११ बजेबाट शुरु भएको छ ।

त्यस्तै, बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अपराह्न ४ बजेका लागि बैठक बोलाएका छन् । उक्त बैठक हिजो बस्ने तय भए पनि एकताको प्रयासका लागि नेताहरुबीच छलफल गर्नका लागि बैठक सारिएको ओलीपक्षीय नेताहरु दावी थियो । ओली पक्ष खनाल–नेपाल समूहलाई कमजोर बनाउन लागेको छ भन्ने निक्र्योलमा पुगेको अवस्थामा अहिले नेपाल समूहको बैठकमा सबैले नै पार्टी एकताका लागि प्रयास गरिएको विषयमा धारणा राख्ने बताइएको छ ।

त्यसक्रममा बुधबार पनि नेपालले करिब चार सय जना भन्दा बढी नेता कार्यकर्ताहरुको जुम बैठकमा ओलीमा कुनै पनि प्रकारको सुधार नआएको र अहिले संवादको नाममा अलमल्याउने काम मात्रै भएको बताएका थिए । उनले आन्दोलनको क्रममा धेरै नेताहरुको आउने र जाने क्रम भइरहन्छन यहाँ यस्तो वा त्यस्तो भनेर आत्तिने काम छैन भन्दै बैठकमा सहभागीहरुलाई नआत्तिन आग्रह गरेका थिए ।

ओली नेपाल समूहका दोस्रो तहका नेताहरुलाई तान्ने प्रयास भइरहेको बताइन्छ । हिजो मात्रै उपप्रधानमन्त्री समेत रहेका एमाले महासचिव ईश्वर पोखरेलले खनाल–नेपाल समूहका नेता योगेश भट्टराईसँग छलफल गरेका थिए । उनीहरुबीच पार्टी एकताका विषयमा छलफल भएको थियो । , खनाल–नेपालसहितका नेतालाई कारबाही गरेपछि छुट्टै पार्टी गठनको विषय पनि उक्त समूहमा चल्न थालेको छ । एमालेले खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक कानुन र विधानविपरीत भन्दै सहभागी नहुन निर्देशन पनि दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई पार्टीभित्रै राख्न पुरानै संगठन फर्काउने सन्देश पठाएपनि नेपाल पक्षले आफ्नै समूहलाई विभाजन गर्ने रणनीति मात्रै भएको जनाएको छ । ओलीसँगको संवादको विषय र नयाँ दल गठनको विषयमा भैरहेको प्रगतिबारे छलफल गर्न विहीबार केन्द्रीय कमिटीको बैठक बोलाएको नेपाल समूहले सबैको धारणा बुझ्ने जनाएका छन् । बैठक बस्नुअघि नेपाल समूहका नेताहरु घनश्याम भूषाल र योगेश भट्टराईले बामदेव गौतमसँग भेटघाट गरेर अहिलेको परिस्थितिबारे छलफल गरेका छन् ।

स्रोतका अनुसार भूषाल र भट्टराईले नयाँ दल खोल्दा त्यसको जनसंगठन र पार्टी निर्माण संभावना निक कम हुने र एमालेलाई क्षति मात्रै हुने भएकाले पार्टीभित्रै आन्तरिक संघर्षमा रहनुपर्ने विफ्रङ गरेका थिए । नेता गौतमले पार्टी विभाजन हुनुमा ओलीनै बढी जिम्मेवार रहेको बताउँदै ओली सच्चिनै तयार नभएको र धेरै नै दम्भी भएका कारण अहिलेको परिस्थिति सिर्जना भएको बताएका थिए ।

बुधवार आफू पक्षको एक कार्यक्रममा माधवकुमार नेपालले आत्मसमर्पण र विद्रोहमध्ये विद्रोह नै ठिक भएको भन्दै नयाँ पार्टी गठनको प्रक्रियाबाट पछि नहट्ने सङ्केत गरेका थिए । तर उनी पक्षका प्रभावशाली नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टसहितका नेताहरू पार्टीलाई जेठ २, २०७५ को अवस्थामा फर्काउन भन्दै ओली पक्षका नेताहरूसँग वार्तामा बसेको र सहमति नजिक पुगेको जानकारी दिने गरेका भएपनि बुधबारबाट त्यसको कुनै अर्थ नभएको बताएका छन् ।

सिङ्गो एमालेलाई एकजुट बनाएर अघि बढ्ने भन्दा पनि माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहितका नेताहरूलाई एमालेबाट अलग पारेर सो समूह विभाजित बनाउने योजनाअनुसार वार्ता भइरहेकोमा उनीहरुले आपत्ति जनाएपछि ओली पक्षका नेताहरुले संवाद गर्न चाहेका छैनन ।

ओलीलाई संकट परेपछि संवादको नाटक गर्ने गरेको र २०७५ जेठ २ मा संगठन फर्काउछु भन्न थालेको नेता नेपालको भनाई थियो । ‘जब ओलीले संकट महशुस गर्छन त्यसपछि अनेकन फण्डा गर्न थाल्छन उनले पुरानो कमिटी व्यूझाउछु भन्नु पनि त्यही हो । साँचो अर्थमा ओलीले पार्टीको विवाद मिलाउन चाहेका छैनन’, नेता नेपालले बुधबार जनवर्गीय संठगनको बैठकलाई सम्बोधन गर्दै भनेका थिए ।

उनले आफू आन्दोलनबाट पछि नहट्ने समेत बताएका थिए । आइतबारदेखि नेपालले निरन्तर भर्चुअल बैठकमार्फत जनवर्गीय संगठनका नेताहरुसँग सुझाव संकलन गरिरहेका छन् । त्यसक्रममा बुधबार पनि नेपालले करिब चार सय जना भन्दा बढी नेता कार्यकर्ताहरुको जुम बैठकमा ओलीमा कुनै पनि प्रकारको सुधार नआएको र अहिले संवादको नाममा अलमल्याउने काम मात्रै भएको बताएका थिए । उनले आन्दोलनको क्रममा धेरै नेताहरुको आउने र जाने क्रम भइरहन्छन यहाँ यस्तो वा त्यस्तो भनेर आत्तिने काम छैन भन्दै बैठकमा सहभागीहरुलाई नआत्तिन आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय