शुक्रबार , असार ११, २०७८

आइशोलेशनमा विरामी भेटन आउँदा तरकारी र दुग्धजन्य पदार्थ ल्याउन गाउँपालिकाको आग्रह

आइशोलेशनमा विरामी भेटन आउँदा तरकारी र दुग्धजन्य पदार्थ ल्याउन गाउँपालिकाको आग्रह

२० जेठ, काठमाडौं । कोभिड–१९ का कारण संक्रमित भई आइसोलेशनका रहेका  बिरामी भेट्न आउँदा नुवाकोटको एक गाउँपालिकाले जुस होर्लिक्स बजारका पाइने अस्वास्थ्य खानेकुरा भन्दापनि तरकारी र दुग्धजन्य पदार्थ ल्याउन अनुरोध गरेको छ । जिल्लाको  पुर्वी भेगमा रहेको पन्चकन्या गाउंपालिकामा घरमै फलाएको तरकारी तथा दुग्धजन्य पदार्थ ल्याउन अनुरोध गरेको हो ।

गाउँपालिकाले संक्रमित कतिपय बिरामीका आफन्तजनले बिरामी भेट्न आउँदा बजारका अस्वस्थ खानेकुरा ल्याउने गरेकाले सकभर घरमै उत्पादन भएका तरकारी तथा दुग्धजन्य पदार्थ ल्याउन अनुरोध गर्नुपरेको बताइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

पन्चकन्या गापामा मात्र ३९ जना सक्रिय संक्रमित रहेका छन् भने गाउँपालिकाको आइसोलेशनमा हाल जनप्रतिनिधि तथा कर्मचारीसहित संक्रमित रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमनारायण महतोले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय