बुधबार , असार २, २०७८

काठ तस्करी नियन्त्रण गर्न ड्रोन क्यामेराबाट निगरानी

काठ तस्करी नियन्त्रण गर्न ड्रोन क्यामेराबाट निगरानी

२० जेठ,कञ्चनपुर । कञ्चनपुरमा वनमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लागि ड्रोन क्यामेराबाट निगरानी राख्न थालिएको छ । डिभिजन वन कार्यालयले काठ तस्करी, जग्गा अतिक्रमण, वन्यजन्तुको तस्करीलगायतका नियन्त्रणका लागि ड्रोन क्यामेराबाट निगरानी राख्न थालेको हो । दुईवटा ड्रोन क्यामेरा रु १० हजार भाडा तिर्ने गरी प्रयोगमा ल्याइएको छ ।

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक ड्रोन क्यामेराको प्रयोग गरी वन क्षेत्रमा गस्तीको कार्यलाई अगाडि बढाइएको छ । डिभिजन वन कार्यालयका डिभिजनल अधिकृत अजयविक्रम मानन्धरले ड्रोन क्यामेराको प्रभावकारिताका आधारमा आगामी आवमा कार्यालय आफैँले ड्रोन क्यामेरा खरिद गरी प्रयोगमा ल्याउने योजना बनाइएको बताए । त्यसका लागि तालिमप्राप्त जनशक्ति तयार गरिने उनको भनाइ छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

“चुरे क्षेत्रलगायतमा बाटो नहुँदा चोरी शिकारी र काठ तस्करी रोक्न निकै गाह्रो छ, पैदल गस्ती गर्नसमेत सकिने अवस्था छैन”, उनले भने, “यस्तो ठाउँमा ड्रोनको प्रयोग गरी सहजै त्यस क्षेत्रको वस्तुस्थितिका बारेमा सहजै जानकारी लिन सकिन्छ ।”

कोरोना महामारीका बेला सबै ठाउँमा कर्मचारी परिचालन गरी गस्तीको कार्य गर्न नसकिने अवस्थामा ड्रोन क्यामेराबाट गस्तीको काम गर्न सकिने उनले बताए । “पहिला हिँडेर, घोडा, हात्ती, साइकल र गाडीको प्रयोग गरी वन गस्ती गरिँदै आएको थियो”, उनले भने, “अब पुरानो शैलीलाई छाडेर नयाँ अभ्यास थालिएको हो ।”

चोरी तस्करी र जग्गा अतिक्रमण हुने संवेदनशील क्षेत्रको पहिचान गरी ड्रोनका माध्यमबाट निगरानी राख्ने कार्य अगाडि बढाइएको उनको भनाइ छ । कोरोना महाकारीका बेला सबै ठाउँमा कार्यालयका कर्मचारी परिचालन गर्न नसकिने भएकाले त्यस्तो ठाउँमा ड्रोन सहयोगी हुने बताइएको छ ।

रातीका बेला वन कार्यालयले पैदल र गाडीमा कर्मचारी परिचालन गरी गस्ती गर्ने र दिउँसो ड्रोनका माध्यमले वन माथि निगरानी राख्ने योजना बनाएको छ । “बन्दाबन्दीका बेला जग्गा अतिक्रमण र काठ तस्करीका घटना बढेका छन्”, अधिकृत मानन्धरले भने, “त्यसलाई सामुदायिक वनका पदाधिकारी, सुरक्षा निकायको सहयोग लिई न्यूनीकरण गरेका छौँ, अझै यस कार्यलाई प्रभावकारी बनाउन ड्रोनको सहायता लिएका छौँ ।”

गत वर्ष बन्दाबन्दीका बेला डिभिजन वन कार्यालयले चोरी शिकारी, काठ तस्करी रोक्नका लागि स्वचालित क्यामेरा (क्यामेरा ट्रयापिङ) जडान गरेको थियो । क्यामेरा ट्रयापिङका सहायताले आधा दर्जन बढी काठ चोरी गर्ने र वन्यजन्तुको तस्करी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कारवाही गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नारायणीमा पानीको वहावले पार ग¥यो खतराको विन्दु नारायणीमा पानीको वहावले पार ग¥यो खतराको विन्दु १६ घण्टा पहिले
स्याङ्जाको दभुङठाँटीमा जीप दुर्घटना हुँदा एकको मृत्यु स्याङ्जाको दभुङठाँटीमा जीप दुर्घटना हुँदा एकको मृत्यु ७ मिनेट पहिले
ओलीको कालो छायाँमा परेको लोकतन्त्र ओलीको कालो छायाँमा परेको लोकतन्त्र ३ घण्टा पहिले
सुदूरपश्चिम सरकारद्वारा रु ३० अर्ब ३३ करोडको बजेट पेश [ पूर्णपाठ ] सुदूरपश्चिम सरकारद्वारा रु ३० अर्ब ३३ करोडको बजेट पेश [ पूर्णपाठ ] १६ घण्टा पहिले
रामपुर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न बजेट निकासा रामपुर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न बजेट निकासा २१ घण्टा पहिले
बागलुङमा वर्षासँगै आएको पहिरोले ५ घर विस्थापित बागलुङमा वर्षासँगै आएको पहिरोले ५ घर विस्थापित २२ घण्टा पहिले
श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै जलाउन खोज्ने श्रीमान पक्राउ श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै जलाउन खोज्ने श्रीमान पक्राउ १६ घण्टा पहिले
वाग्मती प्रदेशमा कोभिड खोप लगाउन दुई अर्ब बजेट विनियोजन [ पूर्णपाठ ] वाग्मती प्रदेशमा कोभिड खोप लगाउन दुई अर्ब बजेट विनियोजन [ पूर्णपाठ ] १८ घण्टा पहिले
भेरी अस्पताल घटनाका दोषी रावत मुख्यमन्त्री पोखरेलका विश्वासपात्र रहेको खुलासा भेरी अस्पताल घटनाका दोषी रावत मुख्यमन्त्री पोखरेलका विश्वासपात्र रहेको खुलासा ३ हप्ता पहिले
चीनले श्रीलङ्कालाई दियो पाँच लाख डोज कोरोना खोप चीनले श्रीलङ्कालाई दियो पाँच लाख डोज कोरोना खोप ३ हप्ता पहिले
नेपाल बंगलादेश बैंकको सर्किट लेबलमा कारोबार नेपाल बंगलादेश बैंकको सर्किट लेबलमा कारोबार १ हप्ता पहिले
शहीद स्मारकको भवनमा २५ श्ययाको आइसोलेशन सञ्चालन शहीद स्मारकको भवनमा २५ श्ययाको आइसोलेशन सञ्चालन २ हप्ता पहिले
नेप्सेमा दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन नेप्सेमा दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन ३ हप्ता पहिले
अदालतको फैसला ‘बादल’ सहितका नेताहरुको समायोजनसँग सम्वन्धित छैनः पोखरेल   अदालतको फैसला ‘बादल’ सहितका नेताहरुको समायोजनसँग सम्वन्धित छैनः पोखरेल   ५ दिन पहिले
स्वास्थ्यकर्मीमाथी आक्रमण गर्नेलाई कडा कारबाही गर्न मन्त्रालयको आग्रह स्वास्थ्यकर्मीमाथी आक्रमण गर्नेलाई कडा कारबाही गर्न मन्त्रालयको आग्रह ३ हप्ता पहिले
आज नेपाल-खनाल पक्षकाे स्थायी कमिटी बैठक बस्दै आज नेपाल-खनाल पक्षकाे स्थायी कमिटी बैठक बस्दै १ हप्ता पहिले