मंगलबार , असार १, २०७८

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२० जेठ, बर्दिया । बर्दिया प्रहरीले बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-९ बेलटाँडी गाउँ बस्ने ५७ वर्षीय कर्ण बहादुर कामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कामीले ती बालिकालाई उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ताराताल र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यता भक्तपुरले प्रहरीले पनि यौन दुर्व्यवहार गरेको अभियोगमा एक पुरुषलार्य पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका- गणेश मन्दिर बस्ने ४९ वर्षीय चुलाई मुखियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मुखियाले ती बालिकालाई २०७७ पुस ११ गते भक्तपुर नगरपालिका(१ सल्लाघारीमा यौन दुर्व्यवहार गरेको भन्ने खबर बुधबार प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय