बुधबार , असार २, २०७८

शुक्रग्रहबारे जान्न नासाले दुइटा अन्तरिक्ष मिसन पठाउने योजना

शुक्रग्रहबारे जान्न नासाले दुइटा अन्तरिक्ष मिसन पठाउने योजना

२० जेठ, एजेन्सी । सौर्यमण्डलको सबैभन्दा तातो ग्रह मानिएको शुक्र ग्रहमा अमेरिकी अन्तरिक्ष निकाय नासाले मिसन पठाउने भएको छ । यही दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न नासाले दुइटा अन्तरिक्ष मिसन पठाउने योजना बनाइरहेको छ ।

पृथ्वीबाट नजिकै रहेको र सूर्यबाट दोस्रो नजिकको ग्रह शुक्र निकै तातो र आगोमय ग्रह हो । पृथ्वीको एकातिर मंगल ग्रह छ भने अर्कातिर शुक्र । मंगलमा धेरै मिसनहरु पठाइसके तापनि शुक्र ग्रहमै पुग्नेगरै अहिलेसम्म कुनै मिसन पठाइएको छैन । यसअघि नासाले नै शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० मा पठाएको थियो । त्यसयता उक्त ग्रहको नजिक भएर अन्य यानहरूले यात्रा भने गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

पृथ्वीबाट नजिकै भए पनि शुक्र ग्रह किन आगोको गोला बन्यो भनेर जान्नका लागि नासाले उक्त मिसन पठाउन लागेको हो । ती मिसनहरूले वैज्ञानिक समुदायलाई ३० वर्षदेखि यता पहिलोपटक शुक्र ग्रह अनुसन्धान गर्ने मौका दिने नासाका प्रशासक बिल नेल्सनले बताएका छन् ।

प्रशासक नेल्सनले यी दुई मिसनहरूका माध्यमबाट शुक्र ग्रह कसरी शिशा समेत पल्गनेगरी आगोको गोलाजस्तो तातो बन्न पुग्यो भन्नेबारे केही रहस्य खुल्ने बताएका छन् । वैज्ञानिकहरुका अनुसार शुक्रको सतहको तापक्रम ५०० डिग्री सेल्सियस रहेको छ ।

बिबिसीका अनुसार शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ नासाले दुईवटा मिसन त्यहाँ पठाउने घोषणा गरेको हो । ती मिसनहरू प्रत्येकका निम्ति ५० करोड डलर बजेट प्राप्त हुने समेत नासाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय