मंगलबार , असार १, २०७८

कञ्चनपुरमा लिचीको दाना अड्किएर बालकको मृत्यु

कञ्चनपुरमा लिचीको दाना अड्किएर बालकको मृत्यु

२० जेठ,महेन्द्रनगर । कञ्चनपुरमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–५ बस्ने बालकको लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बुधबार साँझ लिचीको दाना अड्किएर छ महिने बालक वीरेन्द्र चन्दको मृत्यु भएको जानकारी दिए । “खेल्दाखेल्दै लिचीको दाना खाँदा अड्किएर अस्पताल लगिएको थियो”, उनले भने, “महाकाली अस्पताल पुग्दापुग्दै चिकित्सकले मृत घोषणा गरे ।”

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय