छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बुवा पक्राउ
नेपालबहस संवाददाता
जेठ २०, २०७८ बिहिबार १९:०:५८
२० जेठ, कञ्चनपुर । प्रहरीले १३ वर्षीया छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बुवालाई पक्राउ गरी कारवाही अघि बढाएको छ । यहाँको बेदकोट नगरपालिकामा ५५ वर्षीय पुरुषले आफ्नै छोरीलाई गर्भवती बनाएको खबरपछि पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाइएको छ ।
प्रहरीका अनुसार प्रारम्भिकरूपमा हेर्दा बालिका गर्भवती रहेको सात महिनाभन्दा बढी समय भइसकेको छ छ । घरमा मौका छोपी ती पुरुषले एक वर्षअघिदेखि छोरीलाई बलात्कार गर्दै आएको देखिन्छ ।
प्रहरी स्रोतका अनुसार शुरुमा डर, त्रासले ती बालिकाले बुवाले गर्ने घटना बाहिर ल्याउन सकिनन् । पेट बढ्दै गएपछि आफन्तले थाहा पाएपछि स्थानीयवासीमार्फत प्रहरीमा त्यसको खबर पुग्यो ।
सुरुमा बालिकाले बुवाले नै बलात्कार गरेको शुरुमा बालिकाले भन्न गाह्रो मानेको प्रहरीले जनाएको छ । पछि अनुसन्धान गर्दै जाँदा बालिकाले घटनाको बेलीविस्तार गरेकी हुन् ।
अहिले बालिकालाई सेफहाउसमा राखिएको छ भने अभियुक्त बुवा प्रहरी नियन्त्रणमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
मुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
सोडारीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार