दुर्घटनाका मृतक परिवारलाई गाउँपालिकाको राहत
नेपालबहस संवाददाता
जेठ २०, २०७८ बिहिबार १९:९:४४
२० जेठ,बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाले पञ्चेश्वरमा भएको जिप दुर्घटनामा मृत्यु भएका परिवारलाई राहत दिने भएको छ । गाउँपालिका वडा नं ६ मा गत वैशाख २० गते चट्याङ लागेर मृत्यु भएका वडा सदस्य गोविन्दसिंह भण्डारीको परिवार र वैशाख २१ गते भएको जिप दुर्घटना परी मृत्यु भएका परिवारलाई राहत दिने भएको गाउँपालिकाले जनाएको छ ।
चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको परिवारलाई ४ लाख राहत दिने र वडा सदस्य भण्डारीको शव पोष्टमार्टमाका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा भएको जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको ५ जनाको परिवारलाई प्रतिपरिवार एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए । तत्कालका लागि मृतकका परिवारलाई ५० हजारका दरले उपलब्ध गराइसकिएको छ । उनले भने,“मृतकका परिवारलाई व्यवसाय गर्नका लागि एक लाखका दरले अनुदान दिने निर्णय समेत भएको छ, दुर्घटनामा घाइते र मृत्यु भएका गरी १० परिवारका लागि महिला लक्षित कार्यक्रमबाट यसै आर्थिक वर्षमा अनुदान दिने समेत निर्णय गरेका हौं ।”
यसका साथै दुर्घटनामा घरका पुरुष मानिस बितेपछि महिलाहरुलाई जिविकोपार्जनमा समस्या भएकोले व्यावसायिक अनुदान दिने निर्णय भएको अध्यक्ष चन्दको भनाई छ । मृत्यु भएका परिवारका छोराछोरीलाई उच्च शिक्षा हासिल गर्नका लागि छात्रवृत्ति उपलब्ध गराउने निर्णय भएको छ । यसैगरी सो दुर्घटनामा परी घाइते भएकाहरुको उपचारमा लाग्ने खर्च मध्ये ५० प्रतिशत गाउँपालिकाले व्यहोर्ने र जिप दुर्घटनामा परी मृत्यु भएका परिवारले महाकाली यातायातबाट पाउने क्षतिपूर्ति प्राप्तिका लागि पहल गर्ने निर्णय समेत भएको छ ।
पीडित परिवारलाई सहयोग पुरयाउन राहत कोष स्थापना गरिएको र सो कोषमा जम्मा भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिने अध्यक्ष चन्दले बताए । उनले भने,“राहत कोष स्थापना गरेर केही रकम जम्मा गरेको गरेका छौं, थप रकम जम्मा गर्नका लागि सहयोगको लागि आह्वान गरिएको छ । कोषमा जम्मा भएको रकम पीडित परिवारलाई हस्तान्तरण गर्छाैं ।”
वैशाख २० गते साँझ चट्याङ लागेर पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको निधन भएको थियो । भण्डारीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने क्रममा से १ ज १२३ नम्बरको जिप गणमेश्वर मन्दिर नजिकै दुर्घटना भई देवल गाउँका अन्य ५ सहित ६ जनाको निधन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
मुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
सोडारीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
तस्वीरमा गोरखा भूकम्पपछिका केही झलक
बैशाख १२, २०८१ बुधबार
प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता
बैशाख १२, २०८१ बुधबार
महाकाल नृत्य प्रस्तुत गरिँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते
बैशाख १२, २०८१ बुधबार
बाइसधारा उद्यानमा ढकमक्क फुलेको बेगमबेली फूल
बैशाख १२, २०८१ बुधबार