मंगलबार , असार १, २०७८

असार १ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी नआउने

असार १ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी नआउने

२० जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा आगामी असार १ देखि मेलम्चीबाट करिब दुई महिना काठमाडौंमा पानी नआउने भएको छ । सुरुङमार्गको परीक्षण कार्यविधि ‘प्रोटोकल’ पुरा गर्न सुरुङमा असारदेखि पानी नआउने भएको हो ।

आयोजनाका अनुसार असार १ देखि पानी भर्न बन्द गरेपनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्छ । त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्नेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यो काम काठमाडौंमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने थियो । तर, उद्घाटनको हतारोका कारण पछि सारेर सुरुङ परीक्षणविनै सञ्चालन गरिएको थियो ।

आयोजनाका अनुसार करिब दुई महिनमा अब मेलम्चीको पानी काठमाडौं आउने छैन । मेलम्चीको १० फागुनमा सुरुङमा पानी भर्न थालिएको थियो । साढे २६ किलोमिटर लामो सुरुङ भरिएपछि फागुन २२ गते सुन्दरीजलमा खसालिएको थियो ।

सुरुङबाट सफा पानी आउन थालेपछि वितरण केन्द्रबाट पानी प्रशोधन गरेर चैत १५ गतेबाट वितरण लाइनमा पठाउन थालिएको थियो । कार्यतालिकाअनुसार सुरुङमा भरिएको पानी ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका ४ वटा फ्लसिङ टनेलबाट बाहिर फाल्नुपर्ने थियो ।

त्यसपछि सुरुङ पूरै खाली गरेर समस्या भए र नभएको अध्ययन गर्नुपर्ने थियो । तर, प्रधानमन्त्री कार्यालयले उद्घाटन छिटो गर्न सुरुङ खाली नगर्ने र सुरुङमा पानी हाल्दा प्रभाव परेर नपरेको अध्ययन नगर्न आयोजनालाई दबाव दिएको थियो । प्रोटकेल मिच्दा उद्घाटन २ महिना दिन वर गरेको थियो ।

पानी भरेपछि चट्टानको प्रकृतिअनुसार सुरुङको संवेदनशील क्षेत्रमा कुनै समस्या देखिएको हुनसक्ने विज्ञ बताउँछन् । फरक-फरक ठेकेदारले काम गरेको तथा लामो र संवेदनशील सुरुङ भएकाले एकपटक खाली गरेर परीक्षण गर्नैपर्ने सुरुङ विज्ञले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय