सोमबार , असार ७, २०७८

एमालेभित्रको द्वन्द्वको असर गोरखापत्रमा छताछुल्लः ओली तानाशाह

एमालेभित्रको द्वन्द्वको असर गोरखापत्रमा छताछुल्लः ओली तानाशाह

२० जेठ, काठमाडौं । सरकारी मुखपत्रका रुपमा प्रकाशनमा रहेको गोरखापत्र विस्तारै व्यावसायिक पत्रकारितातर्फ अग्रसर भएको हो की भन्ने भान दिने गरी आज पाठक समक्ष आएको छ ।  प्रधानमन्त्री केपी ओलीप्रति चर्काे आलोचना गर्ने सामग्री प्रशासन गरेर गोरखापत्रले आफूलाई व्यावसायिकतातिर लैजान खोजेको देखिएको छ ।

आम नेपालीको करबाट सञ्चालित गोरखापत्रले यस्तै भूमिका निर्वाह गरोस् भन्ने धेरैले चाहेपनि हुन सकिरहेको थिएन । तर आज भने आम नेपालीकै चाहना बमोजिम गोरखापत्रले सामग्री प्रकाशन गरेको छ । अर्थात सरकार प्रमुखकै चर्काे आलोचना गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

आज प्रकाशित गोरखापत्रको मूललेखमा प्रधानमन्त्री ओलीको निर्ममतापूर्वक खेदो खन्ने काम भएको छ । ओलीको खेदो खन्नेपनि उनकै पार्टीका चर्चित नेता हुन्– प्रदीप नेपाल । राजनीतिसँगै पत्रकारिता र साहित्य सिर्जनामा समेत अब्बल मानिएका नेपालले प्रधानमन्त्री ओलीलाई नेपाली कम्युनिष्ट पार्टीको तानाशाह भनेका छन् ।

article

प्रधानमन्त्री ओलीको यति निर्मम आलोचना गरेर विगतमा कहिल्यै लेख, रचना वा समाचार प्रकाशन भएको थिएन ।  नेता नेपालको ठहर छ– ओली माक्र्सवादी नेता पनि होइनन्, बरु स्टालिनवादी नेता हुन् । यति मात्र होइन उनले लेखेका छन् – ओली तानाशाह हुन् र राज्यसत्ता दलाल पुँजीवादीको हातमा छ । कमिशन, ठेक्कापट्टामा नेताका आफन्तको संलग्नता छ ।

गोरखापत्रले प्रधानमन्त्रीकै यति खरो आलोचना गरेको घटनालाई ओली सरकारका तालुकदार मन्त्रीले कसरी लिन्छन्, त्यो त भोलिका दिनमा देखिनेछ नै । कदाचित गोरखापत्रलाई सम्पादकीय स्वतन्त्रता दिन खोजिएको भए सायद गोरखापत्रमा नेतृत्व गर्नेहरु थप पुरष्कृत हुनेछन् ।
एमालेको घरझगडाको बाछिटा

gorkhapatra 1

तर कथा यस्तो होइन । नेकपा एमाले भित्रको घर झगडाको बाछिटा गोरखापत्रसम्म पुगेको जानकार बताउँछन् । गोरखापत्रको नेतृत्व गर्ने कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीलाई चक्मा दिने काम नेतृत्वले गर्दा यस्तो भएको हो । हालका निमित्त प्रधानसम्पादक श्रीधर आचार्य माधवकुमार नेपाल पक्षका पत्रकार हुन् । तर पद प्राप्ति र जोगाउनका लागि आचार्यले आफूलाई ओली समर्थक देखाउन खोजेका थिए ।

उनी आउने साउनमा रिटायर्ड हुँदैछन् । त्यसैले जानेबेला आफ्नो असली पहिचान दिएरै छाड्ने उनको चाहना यहाँ छलाछुल्ल भएको छ । हाल गोरखापत्रको लेख रचनाको संयोजन गर्ने काम एमाले समर्थित अर्का पत्रकार केपी गौतमले गर्दै आएका छन् । उनी विगतमा ओली समर्थित भएको दाबी गर्थे । तर यसअघिका सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग उनको झगडा भएपछि भने उनले ओली क्याम्प छाडेको बताउने गरेका थिए ।

त्यसैले उचित मौकाको ताकमा आचार्य र गौतम थिए । त्यसको सही मौका उनीहरुलाई अहिले प्राप्त भयो । अनि आफ्नो भडास उनीहरुले यसरी निकालेको गोरखापत्रमा कार्यरत पत्रकारहरुको बुझाई छ ।

gopal khanal

 

खनाल नभएको मौका छोपियो

गोकुल बाँस्कोटा मन्त्री हुँदै गोरखापत्रमा सल्लाहकार सम्पादकको भूमिकामा आएका पत्रकार गोपाल खनालको अनुपस्थितिमा यो सबै काण्ड भएको हो । खनालका पिताको देहवशान भएकाले उनी अहिले कार्यालय गएका छैनन् । त्यही मौका छोपेर आचार्य र गौतमले उक्त लेख प्रकाशन गरेका छन् । खनाल भएको अवस्था थियो भने उनले रोक्ने थिए ।

केपी गौतमले यसअघि पनि खनाललाई आफ्नो काममा हस्तक्षेप नगर्न चेतावनी दिने गरेका थिए । गौतमले खनाललाई सल्लाहकार सम्पादकका रुपमा कम र पार्टीको भाइ कार्यकर्ताका रुपमा बढी व्यवहार गर्ने गरेको त्यहीं कार्यरत एक पत्रकारले बताए ।

krisdhna murari bhandaari 1

कृष्णमुरारी निरीह

गोरखापत्र प्रकाशनको मूल जिम्मेवारी पाएका तालुकदार अर्थात प्रकाशक कृष्णमुरारी भण्डारी पनि निरीह छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका प्रियपात्र भएपनि गोरखापत्रमा प्रकाशन हुने सामग्रीबारे उनलाई केही थाहा हुँदैन । उनलाई केपी गौतम र खनालले पनि रुचाउँदैनन् ।

त्यसैले एमालेभित्रको द्वन्द्वको असर गोरखापत्रमा प्रकाशक र सम्पादकबीच पनि देखिएको छ । अब यो घटनालाई उनले कसरी अगाडि बढाउँछन्, त्यो भने हेर्नै पर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

राजनीतिक दलका प्रमुखहरुसंग छलफलमा सहभागी हुने क्रममा पूर्वप्रधानमन्त्री देउवा राजनीतिक दलका प्रमुखहरुसंग छलफलमा सहभागी हुने क्रममा पूर्वप्रधानमन्त्री देउवा १ हप्ता पहिले
स्यालीबजारमा ग्यास पड्किँदा आमाछोरा घाइते स्यालीबजारमा ग्यास पड्किँदा आमाछोरा घाइते ३ हप्ता पहिले
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो ३ हप्ता पहिले
प्रधानमन्त्री ओलीको ६ बुँदे प्रस्तावको डिजाइनर योगेश भट्टराई  ! प्रधानमन्त्री ओलीको ६ बुँदे प्रस्तावको डिजाइनर योगेश भट्टराई ! २ हप्ता पहिले
निषेधाज्ञाको मौका छोपेर म्याद सकिएको बीउ बिक्री निषेधाज्ञाको मौका छोपेर म्याद सकिएको बीउ बिक्री ३ हप्ता पहिले
प्रहरीकाे सक्रियतामा देशभरबाट दश हजार अक्सिजन सिलिण्डर संकलन प्रहरीकाे सक्रियतामा देशभरबाट दश हजार अक्सिजन सिलिण्डर संकलन ४ हप्ता पहिले
संक्रमितलाई सहयोग गरी जिल्लावासीको मन जितेका युवा संक्रमितलाई सहयोग गरी जिल्लावासीको मन जितेका युवा २ हप्ता पहिले
बन्चरो प्रहार गरी श्रीमतीको हत्या, आरोपित प्रहरी नियन्त्रणमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या, आरोपित प्रहरी नियन्त्रणमा ३ दिन पहिले