मंगलबार , असार ८, २०७८

बिहीवार विकास बैंक र वित्त कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि

बिहीवार विकास बैंक र वित्त कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि

२० जेठ, काठमाडौं । केही दिनदेखि विकास बैंक र फाइनान्स कम्पनीहरुको शेयर मूल्यमा उछाल आएको छ । बिहीवार विकास बैंक समूहको परिसूचक ४ दशमलव ४५ प्रतिशत र वित्त समूहको परिसूचक ४ दशमलव ३८ प्रतिशतले वृद्धि भएको छ ।

यी दुवै समूहको कम्पनीहरुका शेयरधनीले आकर्षक मुनाफा कमाएका छन् । हप्ताको अन्तिम कारोबार दिनपनि अधिकांश विकास बैंक र फाइनान्स कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यो समचार तयार पर्दा सम्म मञ्जुश्री फाइनान्सको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयर मूल्य अघिल्लो दिनको तुलनामा ९ दशमलव २३ प्रतिशत, पोखरा फाइनान्सको ८ दशमलव ६० प्रतिशत र मितेरी डेभलपमेण्ट बैंकको शेयरमूल्य ८ दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ ।

पछिल्लो समय लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दै लगानी गरेको देखिन्छ । बिहीवार हाइड्रोपावर समूहको परिसूचकमा करेक्सन आएको छ । हाइड्रोबाट प्रोपिट बुक गरेर लगानीकर्ताले विकास बैंक र फाइनान्स कम्पनीको शेयरमा लगानी गरेको देखिन्छ । सोही कारण ती दुवै समूहका कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय