कोभिड नियन्त्रणमा सक्रिय संघसंस्था
नेपालबहस संवाददाता
जेठ २०, २०७८ बिहिबार २०:३:५८
२० जेठ,मध्यपुरथिमि । कोभिड संक्रमणको दोस्रो लहर आएसंगै महामारीबाट जोगाउन भक्तपुरका विभिन्न संस्था सक्रिय भएका छन् । कोभिड रोकथाम र नियन्त्रणमा सरकार लागिरहेका बेला भक्तपुर चेम्बर अफ कमर्स र भक्तपुर लायन्स सेवा समन्वय समितिको संयोजनमा ११ संस्थाले संयुक्तरूपमा कोभिड–१९ नियन्त्रण अभियान नै चलाएका छन् ।
‘सेवा परमो धर्म’ले कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ भन्ने नारा दिएर कोभिडलाई परास्त गर्ने अभियान शुरु गरेको नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य रोशन भोयद्योले बताए । कोभिड संक्रमितको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्य परिचारिकाका लागि विशेष किसिमको क्वारेन्टिन सेन्टर सञ्चालनमा ल्याइएको र त्यसमा अक्सिजनको समेत व्यवस्था गर्न लागिएको उनले बताए।
चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित कोभिड–१९ आइसोलेशन सेन्टर चाँगुनारायण इञ्जीनियर कलेज नेकसँग सहकार्य गर्दै आइसोलेशन सेन्टरलाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्थापन गरिएको भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले जानकारी दिए ।
परमो धर्म अभियानले जेठको पहिलो सातादेखि कोभिडका बिरामीका लागि २४ घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको र सेवा चाहिएमा हटलाइन नं ९८६१७५६४६१ सम्पर्क गर्न उनले आह्वान गरे । उनले मनोचिकित्सक डा कञ्चन दाहाल र वरिष्ठ कार्डियोलोजिष्ट डा सञ्जय श्रेष्ठसँग स्वास्थ्य परामर्शका लागि भर्अुअल परामर्श सेवा शुरु गरिएको बताए ।
भक्तपुर नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टलाई रु तीन लाख सहयोग गरेको मानन्धरले जानकारी दिए । केही दिनमा चिकित्सक, स्वास्थ्यकर्मीलगायतको टोलीलाई घरघरमा गएर पीसीआर परीक्षण, रगत जाँच तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउन ‘डोर टु डोर हेल्थ सर्भिस’ले सेवा दिइने जानकारी दिए । प्याब्सन, विद्युतीय सामग्री व्यवसायी सङ्घ, डक्टर्स सोसाइटी, नेपाल नर्सिङ सङ्घ, सिबीआर, भक्तपुर हार्ट एण्ड डायबेटिज सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ सङ्घ र त्रिनेत्र बचत तथा ऋण सहकारी संस्थाले अभियानमा सहकार्य गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
बालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार