बुधबार , असार २, २०७८

एमाले स्थायी कमिटी बैठक अनिश्चित कालका लागि स्थगित

एमाले स्थायी कमिटी बैठक अनिश्चित कालका लागि स्थगित

२० जेठ, काठमाडाैं । नेकपा एमालेको ओली पक्षले आजका लागि बोलाएको स्थायी कमिटी बैठक अनिश्चित कालका लागि स्थगित गरेको छ । आज साँझ बोलाइएको बैठकले माधव नेपाल पक्षका नेताहरुको कारबाही लगायत विषयमा निर्णय गर्न सक्ने बताइएको थियो ।

साथै, प्रधानमन्त्री ओलीले नेपाल पक्षका केही नेताहरु ल्याएर बलियो बन्ने प्रयास समेत गरिरहेका छन् । यही विषयमा केही प्रष्ट चित्र आओस् भनेर आजको बैठक स्थगित भएको स्रोतले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उता, नेपाल पक्षले पनि आजै केन्द्रीय कमिटी बैठकको आयोजना गरेको छ । भर्चुअल प्रविधिबाट बैठक गरिएको हो । बैठकमा सहभागी नेताहरुले ओलीको वार्ता नाटक मात्र भएकाले उनको चालमा नफस्ने गरी अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।

बैठकमा सहभागी घनश्याम भूषाल र सुरेन्द्र पाण्डेले समेत ओलीको चालबाजीमा फस्न नहुने धारणा राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय