आइतबार , असार ६, २०७८

छत्रपाटी चिकित्सालयलाई भेन्टिलेटर सहयोग

छत्रपाटी चिकित्सालयलाई भेन्टिलेटर सहयोग

२० जेठ,काठमाडौं । छत्रपाटी निशुल्क चिकित्सालयलाई काठमाडौं महानगरपालिकाले थप दुई थान भेन्टिलेटर सहयोग गरेको छ । नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका निर्देशक डा मनोजमान श्रेष्ठलाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् ।

यसअघि यही जेठ ८ गते महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएको ल्हासाबाट प्राप्त भएका दुई थान भेन्टिलेटर पनि उक्त अस्पताललाई दिएको थियो । हाल यस अस्पतालमा कामपाको सहयोगमा ३५ शय्याको विशेष कोभिड अस्पताल सञ्चालन भइसकेको छ । आज हस्तान्तरण गरिएका भेन्टिलेटर महानगरपालिकाले खरिद गरेको हो । उपकरणको मूल्य प्रतिगोटा रु २६ लाख ५० हजार रहेको बताइएको छ । उपकरण हस्तान्तरणपछि प्रमुख शाक्यले जसरी हुन्छ, संक्रमण घटाउने र उपचार गर्नुपर्ने व्यक्तिलाई गुणस्तरीय सेवा दिने महानगरपालिका केन्द्रित रहेको बताए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

अरनिको समाजले आजै अस्पताललाई एक थान एनेस्थेसिया मेसिन र आकस्मिक उपचारका लागि आवश्यक पर्ने सामान तथा उपकरण प्रदान गरेको छ । यसमध्ये एनेस्थेसियाको मूल्य रु २६ लाख ५० हजार हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय