मंगलबार , असार ८, २०७८

२८५६ बिन्दुमा पुग्याे नेप्से, ९९ कम्पनीकाे शेयर मुल्यमा आयाे उछाल

२८५६ बिन्दुमा पुग्याे नेप्से, ९९ कम्पनीकाे शेयर मुल्यमा आयाे उछाल

२० जेठ, काठमाडौं ।  यसै साताको सोमबार र मंगलबारको सामान्य करेक्सनपछि २८४५ हाराहारीको प्रतिरोध तोड्दै नेप्से  २८५६.७७ बिन्दुमा पुगेर साताको अन्तिम कारोबार बन्द भएको छ ।  बजार २९.६४ बिन्दुले बढ्दा ऐतिहासिक रेकर्ड बनाएको छ ।

बजारमा १.०५ प्रतिशतको बृद्धि आउँदा नेप्सेमा कुल ३ करोड ४६ लाख ९१ हजार तीनसय १२ कित्ता शेयर कुल १६ अर्ब ९० करोड ७० लाख २० हजार दुई सय ८६ रुपैयाँमा कारोबार भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

market sammari

आज मन्जुश्री फाइनान्स, महलिा लघुवित्त, गोर्खा फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, शाइन रेशुङगा डेभलपमेन्ट बैंक, सिटिजन्स बैंक, लक्ष्मी र्बैंक तथा सप्तकोशी डेभलपमेन्ट बैंक लगायत १० कम्पनीका लगानीकर्ताले ७ प्रतिशत भन्दा धेरै कमाएका छन ।

top gainer 10

त्यस्तै पन्चकन्या माई हाइड्रो, राधी विद्युत कम्पनी, बरुण हाइड्रो, घलेम्दी हाइड्रो, नारायणी डेभलपमेन्ट बैंक, कालिका पावर कम्पनी, अपि पावर कम्पनी तथा युनिर्भसल पावर कम्पनी लगायत १० कम्पनीका शेयरधनीले करिब ४ प्रतिशतदेखि ६ प्रतिशतसम्म गुमाएका छन् ।

top losers

 

कुल १३ उपसुचकमध्ये हिजोको तुलनामा बैंकिङसहित ९ उपसुचक बढेको छ भने हाइड्रो सहित ४ उपसुचक घटेको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा कारोबार भएका २१८ कम्पनी मध्ये आज ९९ वटा कम्पनीको शेयर मुल्य बढेको छ ।

नेपाल पुर्नबीमाको कारोबार उच्च

आज नेपाल पुर्नबीमा कम्पनीको १ अर्ब २ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । छिमेक लघुवित्तको ६८ करोड १६ लाख, लुम्बिनी विकास बैंकको ३५ करोड ५ लाख, नेपाल बंगलादेश बैंककाे ३३ कराेड २२ लाख, निफ्राकाे ३३ कराेड १३ लाख, शिवम् सिमेन्टकाे ३२ कराेड ५० लाख, सानिमा माइ हाइड्रोपावर, ज्योति विकास बैंक, मेगा बैक र कुमारी बैंकको दश ठूलो कारोबार भएकाे छ ।

top turnover

कम मुल्य भएका वाणिज्य बैंकमा लगानीकर्ताकाे आँखा

यसपटकको बुलमा भर्रखर भर्रखर बढ्न लागेको बाणिज्य बैंक समूहमा लगfनीकर्ताको आँखा पर्न थालेको छ । राष्ट्र बैंकले विकास बैंक र फाइनान्सलाई मर्ज नगर्ने र वाणिज्य बैंकलाई लाभांश भन्दा पनि बोनस शेयर दिन उत्प्रेरित गर्ने संकेत दिएपछि लगानीकर्ताको ध्यान वाणिज्य बैंकतर्फ मोडिन थालेको देखिन्छ । बजारमा अत्याधिक मात्रामा वाणिज्य बैंकको शेयर छ । वाणिज्य बैंकिङ समूह आज ५०.२५ अंकले बढेर १९०७ बिन्दु माथि पुगेको छ ।

top traded

आज भएको कुल कारोबारमध्ये बैंकिङ समूहको मात्र कुल ४ अर्ब ६७ माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा बढी सिटिजन्स बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, सिभिल बैंक, सनराइज, बैंक अफ काठमाडूको मुल्य बढेको छ । आज मेगा, सिभिल र सिटिजन्स बैंकको शेयरमा लगानीकर्ता झुम्मिएका थिए । त्यसै गरी ग्लोबल आइएमई, सेञ्चुरी बैंक, कुमारी तथा एभरेष्ट बैंकमा पनि लगानीकर्ताको आकर्षण देखिएको थियो ।

अल टाइम हाइ बुल ट्रेन्डमा रहेको नेप्सेले गत जेठ ९ गते आइतबार कायम गरेको उच्च बिन्दु २७९३.९० तोड्दै आज साताको अन्तिम कारोबार बजार बन्द हुँदा २८५६.७७ बिन्दुमा पुगेको छ । यो नेप्सेको इतिहासमा अहिलेसम्मकै उच्च बिन्दु हो । आज कारोबारको समयमा नेप्से २८७६ को लाइनसम्म पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

काेराेनाकाे नाममा स्पर्श मल्टिस्प्यासिलिटी अस्पतालले बिरामीसँग लाखौँ रुपैयाँ असुल्दै काेराेनाकाे नाममा स्पर्श मल्टिस्प्यासिलिटी अस्पतालले बिरामीसँग लाखौँ रुपैयाँ असुल्दै ५ दिन पहिले
कोभिड नियन्त्रण गर्न स्थानीय तह सक्रिय कोभिड नियन्त्रण गर्न स्थानीय तह सक्रिय ४ हप्ता पहिले
एनआईसी एशियाका खाता अनलाइनबाटै कनेक्ट आईपीएस ‘भेरिफाई’ गर्न सकिने एनआईसी एशियाका खाता अनलाइनबाटै कनेक्ट आईपीएस ‘भेरिफाई’ गर्न सकिने ३ हप्ता पहिले
कार्यकर्तालाई तत्काल उद्धार तथा राहतमा खटिन देउवाको निर्देशन कार्यकर्तालाई तत्काल उद्धार तथा राहतमा खटिन देउवाको निर्देशन ६ दिन पहिले
बाढीपहिरो पीडितका लागि नर्भिकमा अलग्गै उपचार युनिट बाढीपहिरो पीडितका लागि नर्भिकमा अलग्गै उपचार युनिट ३ दिन पहिले
आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन ७ दिन पहिले
ओली फेरी एक कदम पछाडि हट्ने ओली फेरी एक कदम पछाडि हट्ने ४ दिन पहिले
श्रम सङ्गठनको क्षमता विकासका लागि बजेट विनियोजन गर्न माग श्रम सङ्गठनको क्षमता विकासका लागि बजेट विनियोजन गर्न माग ४ हप्ता पहिले