मंगलबार , असार ८, २०७८

देशबासीका नाममा भिडियो सन्देशबाटै पूर्वराजा दम्पतीले दिए धन्यवाद

देशबासीका नाममा भिडियो सन्देशबाटै पूर्वराजा दम्पतीले दिए धन्यवाद

२० जेठ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीले देशबासीलाई धन्यवाद दिएका छन् । कोरोना महामारी नियन्त्रणका लागि आफ्नै संकल्प र बाहिरी सहयोग आवश्यक रहेको भन्दै पूर्वराजारानी दम्पतीले देशबासीका नाममा सम्बोधन गर्दै धन्यवाद दिएका हुन् ।

पूर्वराजारानीले कोरोना भाइरससँगको लडाइँ जितसँगै एक सन्देश जारी गर्दै सन्देश जारी गर्दै आफूहरु अस्वस्थ्य रहेको समयमा शुभकामना दिने सबैप्रति आभार पनि व्यक्त गरेका छन्।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

भिडियो सन्देशमा शाहले भनेका छन्, ‘हाम्रो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहनुहुने सवै नेपालीहरुमा आभार व्यक्त गर्दछौं।’ उनले महामारीमा दिनरात आफ्नो दायित्व र मानवीय कार्य गर्ने सबै अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्तामा धन्यवाद दिएका छन्।

उनले भनेका छन्, ‘अहिले हामी पूर्ण स्वास्थ्यलाभका क्रममा छौं तर देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौं। यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बाहिरी सहयोग आवश्यकता पर्दछ।’ उनले प्राप्त अन्तर्राष्ट्रिय सहयोगका लागि पनि धन्यवाद दिएका छन्।

पूर्वराजाले भनेका छन्, ‘म सबैलाई सुरक्षित, सावधान र स्वस्थ रहन आग्रह गर्दछु। उपचारका क्रममा रहेका सबै नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना साथसाथै महामारीका क्रममा जीवन गुमाउनुहुने सबैमा चिर शान्तिको कामना गर्दछु।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय