हत्या गरि फरार रहेका चार जना भरुवा बन्दुकसहित पक्राउ
नेपालबहस संवाददाता
जेठ २०, २०७८ बिहिबार २२:३९:३
२० जेठ, विराटनगर । सिकार खेल्ने क्रममा आफ्नो साथि केराबारी ३ का हस्तबुमार राईको हत्या गरि फरार रहेको चार जनालाई मोरङको केराबारी गाँउपालिकाबाट प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।
उनिहरुलाई बुधबार इलाका प्रहरी कार्यालय वेलबारीबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो । मृतक राइसहित १० जना बाँसघारी खोप सरकारी राष्ट्रिय बनमा शिकार खेल्न गएकोमा जेठ ८ गते राजेन्द्र राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर हस्तबहादुर राईको मृत्यु भएको थियो ।
राइको मृत्यु पछि उनलाई छोडेर सवै जना त्याँहाबाट फरार भएका थिए । घटना स्थलबाट प्रहरीले भरुवा बन्दुक १ थान बरामद गरेको थियो । घटना पछि तुरुन्तै फरार रुबिन लिम्बु र गजेन्द्रबहादुर राईलाई उनिहरुको घरबाट प्रह्रीले पक्राउ गरेको थियो भने अन्य ४ जनालाई बुधबार पक्राउ गरेको मोरङ प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहररुमा केराबारी ३ का डिकबहादुर राई,बुद्धबिर लिम्बु,रामप्रसाद राई र लेटाङका विपन लिम्बु रहेका छन् । उनिहरुले लुकाई राखेको ४ थान भरुवा बन्दुक पनि बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रह्री कार्यालय मोरङले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार