मंगलबार , असार ८, २०७८

दश वाणिज्य बैंकसहित १३ कम्पनीको उच्च शेयर माग, कुनको कति ?

दश वाणिज्य बैंकसहित १३ कम्पनीको उच्च शेयर माग, कुनको कति ?

२० जेठ, काठमाडौं । बिहीबार शेयरबजारमा १३ कम्पनीको शेयर खरिद माग उच्च रहेको छ । यस दिन दश वाणिज्यबैंकसहित ३ कम्पनीको शेयर खरिद माग उच्च देखिएको हो ।

यस दिन नेपाल बैंक, सिभिल, नेपाल बंगलादेश, मेगा, माछापुच्छ्रे, प्रभु, सिटिजन्स, लक्ष्मी र प्राइम बैंकसहित १३ कम्पनको शेयरमा उच्च खरिद माग आएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अरुण भ्याली हाइड्रो र नेशनल हाईड्रोको शेयरमा उच्च शेयर खरिद माग रहेको छ । यस दिन सबैभन्दा बढि नेशनल हाईड्राको शेयरमा खरिद माग आएको छ ।

नेशनल हाइड्रो

यस दिन सबैभन्दा बढि नेशनल हाइड्रोको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ४ लाख ९३ हजार कित्ता शेयर खरिद माग रहेको छ ।

national

 

 

कम्पनीको शेयरमा ४ लाख ९३ हजार कित्ता शेयर खरिद माग आउदा १ लाख ९४ हजार बढि कित्ता बिक्री आदेश रहेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा ४ लाख ९३ हजार कित्ता खरिद माग रहेको छ । बैंकको शेयरमा ४ लाख ९३ हजार कित्ता खरिद माग आउँदा २ लाख १८ हजार कित्ता बिक्री आदेश रहेको छ ।

nif

यस दिनसम्म बैंकको शेयरमूल्य ५३२ रुपैयाँ पुगेको छ । पछिल्लो केही दिन बैंकको शेयरमा सबैंभन्दा बढि खरिद माग रहेका छ ।

नेपाल बैंक

यस दिन लगानीकर्ता नेपाल बैंकको शेयरमा झुम्मिएका छन् । बैंकको शेयरमा ३ लाख ४७ हजार कित्ता शेयर खरिद गर्न लगानीकर्ता झुम्मिएका हुन् । कम्पनीको शेयरमा ३ लाख ४७ हजार कित्ता शेयर माग आउँदा बिक्री आदेश १ लाख ७६ हजार कित्ता रहेको छ ।

nepal bank

अरुण भ्याली हाइड्रो

अरुण भ्याली हाइड्रोको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ३ लाख २३ हजार कित्ता शेयर खरिद माग रहेको छ ।

कम्पनीको शेयरमा ३ लाख २३ हजार कित्ता शेयर खरिद माग आउदा १ लाख बढि कित्ता बिक्री आदेश रहेको छ ।

arun

पछिल्लो केही दिन कम्पनीको शेयरमा उच्च शेयर खरिद माग रहेका छ ।कम्पनीले हालै हकप्रद निष्कासन गरेको थियो । कम्पनीले हकप्रद निष्कासन गरेसंगै कम्पनीको शेयर खरिद गर्नेको दैनिक भिड लाग्ने गरेको छ ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकको शेयरमा २ लाख ५६ हजार कित्ता खरिद माग रहेको छ । बैंकको शेयरमा २ लाख ५६ हजार कित्ता खरिद माग आउँदा १ लाख ८४ हजार कित्ता बिक्री आदेश रहेको छ ।

 

माछापुच्छ्रे बैंक

नेपाल बैंकको शेयरमा ३ लाख ८५ हजार कित्ता खरिद माग रहेको छ । ३ लाख ८५ हजार कित्ता खरिद माग रहेको बैंकको शेयरमा १ लाख ३२ हजार बिक्री आदेश रहेको छ ।

machha 1

त्यस्तै, सिभिल बैंकको शेयरमा ३ लाख ३२ हजार, मेगा बैंकको शेयरमा २ लाख २२ हजार, पु्रभ बैंकको शेयरमा २ लाख १७, सिटिजन्स बैंकको शेयरमा २ लाख ३५ हजार, लक्ष्मी बैंकको शेयरमा २ लाख ६४ हजार र प्राइम बैंकको शेयरमा २ लाख ८५ हजार कित्ता शेयर खरिद माग रहेको छ ।

कुन कम्पनीको शेयर कति माग

nepse 99

nepse 999

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय