कालिकोटमा १० शय्याको नगर अस्पताल निर्माण
नेपालबहस संवाददाता
जेठ २०, २०७८ बिहिबार २३:२१:३१
२० जेठ,मान्म । कालिकोटमा १० शय्याको नगर अस्पताल निर्माण भएको छ । तिलागुफा नगरपालिकाले उक्त नगर अस्पताल निर्माण गरेको हो । वडा नं ४ राँचुलीमा कोरोना९कोभिड–१९० को महामारीलाई लक्षित गरेर सो अस्पताल निर्माण गरिएको हो ।
नेपाल सरकारले एक स्थानी तहमा १५ शय्याको अस्पताल अनिवार्य स्थापना गर्ने नीति अनुसार सो नगर अस्पताल बनाइएको वडा नम्बर ४ का वडाध्यक्ष खड्कराज शाहीले जानकारी दिए । कोरोना महामारीका बेला त्यसको उपचारका लागि अस्पताल स्थापना गरिएको नगर प्रमुख रतनबहादुर शाहीले बताए । “गुणस्तरीय सेवा दिन स्वास्थ्य दक्ष जनशक्तीलगायतका थप व्यवस्था गरिनेछ”, उनले भने,“नागरिकको रक्षा हाम्रा लागि पहिलो प्राथमिकता हो ।”
सो अस्पतालमा अक्सिजनसहितको आइसोलेसनको सुविधा रहेको नगरपालिकाका सूचना अधिकारी चक्र अधिकारीले बताए । उनले भने,“कोरोना महामारीका बिरामी बढ्दै गएका कारणले सबै सुविधासहितको सेवा दिने तयारी छ ।”
संविधान र स्थानीय सरकार सञ्चालन ऐन, ०७४ ले दिएको अधिकारबमोजिम नगरपालिकाले दिगो रुपमा समेत सञ्चालन गर्ने गरी आफ्नै अस्पताल सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । महामारीमा अस्पतालको आवश्यकता महसुश गर्दै नगरपालिकाले आफ्नै अस्पतालबाट सेवा नै थालेपछि नगरवासीलाई सहज भएको स्थानीय राजबहादुर शाहीले बताए । अस्पताल पुगेर त्यहाँको जनशक्ती, व्यवस्थापन र बिरामीको अवस्थाबारे जानकारी लिएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटक महतले जानकारी दिए । उनले भने,“अहिले स्वास्थ्य चौकीकै अवस्थाबाट सेवा प्रवाह भइरहेको र थप अस्पताल सञ्चालन गर्न डाक्टरसहितको व्यवस्थापन गर्न आवश्यक रहेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर
बैशाख ४, २०८१ मंगलबार
सान्नी त्रिवेणी गाउँमै अब आयोडिनयुक्त नुन, सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
चैत २९, २०८० बिहिबार
कर्णालीमा मुख्यमन्त्री कँडेलले लिए शपथ
चैत २८, २०८० बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार