बुधबार , असार २, २०७८

खानीखोला हाइड्रोको शेयर कारोबार रोक्का

खानीखोला हाइड्रोको शेयर कारोबार रोक्का

२० जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले खानीखोला हाइड्रोपावर कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।

उक्त कम्पनीले नेपाल धितोपत्र बोर्ड र नेप्सेमा वित्तीय विवरण सार्वजनिक नगरेका कारण शेयर कारोबार रोक्का भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

नेपाल धितोपत्र बोर्डबाट जेठ १९ गते वित्तीय विवरण सर्वाजनिक नगरेको भन्ने पत्र प्राप्त भएको र धितोपत्र सूचीकरण विनियमावली अनुसार कम्पनीले वित्तीय विवरणहरु पेश नगरेको पाइएको भन्दै नेप्सेले बिहीवारकोे निर्णय अनुसार उक्त कम्पनीको शेयर कारोबार रोक्का राखेको बताएको छ ।

एक जना लगानीकर्ताले केहिदिन अघि केहि हाइड्रोपावर कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेको हुनाले कारोबार रोक्का गर्न माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय