कास्कीमा जेठ मसान्तसम्म निषेधाज्ञा लम्ब्याइयो
नेपालबहस संवाददाता
जेठ २०, २०७८ शुक्रबार २:४५:२७
२० जेठ, कास्की । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमणको फैलावट रोक्न जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा यही जेठ मसान्तसम्म थप गरिएको छ । प्रशासनले आज सूचना जारी गरी जिल्लाभर लागू गरिएको निषेधाज्ञाको आदेश जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको जनाएको छ ।
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गर्न यसअघिको आदेश तथा पछिल्ला दिनमा देखिएको संक्रमण दर, प्रवृत्ति र मृत्युदर विश्लेषणका आधारमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डिसिसिएमसीको बैठकले निषेधाज्ञाको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
प्रशासनले निषेधाज्ञा अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणमा आदेश जारी गरेको छ । निषेधाज्ञाका अवधिमा अत्यावश्यक सेवामा प्रयोग हुने बाहेकका जिल्लाभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । यसबाहेक अन्य सभा,सम्मेलन,भेला गोष्टी, शैक्षिक संस्था, धार्मिकस्थलहरु,सिनेमा हल, पार्टी प्यालेस, रेष्टेरेन्ट लगायत समेत सञ्चालनमा बन्देज गरिएको छ ।
बैँक तथा वित्तिय संस्थाले अत्यावश्यक सेवाको लागि एक चौथाई कर्मचारीको उपस्थितिमा एक चौथाई शाखाबाट निक्षेप रु ५० हजारभन्दा बढीमात्र जम्मा गर्ने र चेक भुक्तानीको कार्य दिउँसो ११ बजेदेखी २ बजेसम्ममात्र गर्न आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
गण्डकी प्रदेश प्रमुख भट्टले वैशाख ७ मा बोलाए अधिवेशन
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार