मंगलबार , असार १, २०७८

महिला भलिबल टिमको प्रशिक्षण केहि दिनका स्थगित

महिला भलिबल टिमको प्रशिक्षण केहि दिनका स्थगित

२० जेठ, काठमाडौं । नेपाली महिला भलिबल टिमको बन्द प्रशिक्षण केहि दिन स्थगित गरिएको छ । नेपाल भलिबल संघ ‘एनभीए’ ले बिहीबार टिमको बन्द प्रशिक्षण केहि दिनका लागि स्थगित गरिएको जनाएको छ ।

संघका सचिब मनबिर छन्त्यालले खेलाडीलाई एक सूचना पठाउदै प्रशिक्षण केहि दिन स्थगित गरिएको जनाएका छन् । फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टोलिको बन्द प्रशिक्षण जेठ २१ ‘भोलि’ बाट सुरु हुने तय थियो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

संघको जेठ १४ गते बसेको भर्चुअल बोर्ड बैठकले महिला टिमको प्रशिक्षण जेठ २१ बाट गर्ने निर्णय गरेको हो । तर, काठमाडौं बाहिर रहेका खेलाडी निषेधाज्ञाको कारण आउन सम्भव नभएपछि प्रशिक्षण केहि दिन स्थगित गरिएको संघले जनाएको छ ।

संघले टिमको मुख्य प्रशिक्षक जगदीश भट्ट र ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठलाई दिएको छ । टिमको व्यवस्थापक संघका उपाध्यक्ष समेत रहेकी निरोज मास्के रहेकी छिन् ।

एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ । संघले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । भलिबल संघले गत महिना सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा बोलाउने निर्णय गरेको हो ।

संघका उपाध्यक्ष निरोज मास्केसहित महिला टोलीका पूर्व प्रशिक्षक जगदिश भट्ट र प्रज्वल बहादुर सिंहको छनोट समितिले ३० खेलाडी छनोट गरेको हो । जसमा पाँच बैकल्पिक खेलाडी समेत राखिएको छ ।

प्रशिक्षणमा आर्मीबाट सर्वाधिक ८ खेलाडी पर्दा डायमण्ड, पुलिस र एपीएफबाट समान ७–७ खेलाडी परेका छन् । यस्तै भरतपुर मेट्रोबाट एक खेलाडी परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय