मंगलबार , असार १, २०७८

मन्त्रिपरिषद बैठक: प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बस्नेत

मन्त्रिपरिषद बैठक: प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बस्नेत

२१ जेठ, काठमाडौं ।  सरकारले प्रेस काउन्सिल नेपालकाे अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको मन्त्रिपरिषदकाे  बैठकले  बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।

नेपाल टेलिभिजनको संचालक समिति सदस्य समेत रहेका बस्नेतले कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए । उनी कानुन व्यवसायीसमेत हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

काउन्सिलकाे अध्यक्षमा नियुक्त भवानी बरालको नियुक्तिको योग्यता विवाद मुद्दा सर्वोच्च अदालतमा परेपछि कार्यवाहक अध्यक्षका रुपमा पहिले किशोर श्रेष्ठ र हाल गोपाल बुढाथोकीले  जिम्मेवारी निभाउदै अाएका थिए ।

यसै गरी बैठकले स्वास्थ्यकर्मीको सुरक्षा सम्वन्धि अध्यादेश समेत पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय