बुधबार , असार २, २०७८

आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो, के-के गर्न पाइन्छ ?

आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो, के-के गर्न पाइन्छ ?

२१ जेठ, काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा केही मात्रा खुकुलो गरिएको छ । उपत्यकामा केही खुकुलो बनाएर १० दिन थपिएको निषेधाज्ञा आजबाट लागू भएको हो ।

जेठ १४ गतेदेखि किराना पसलहरु समेत बन्द गरेर एक साताका लागि कडा निषेधाज्ञा गरिएकोमा आजदेखि भने केही सेवा चल्न दिनेगरी नयाँ व्यवस्था गरिएको हो । तर पनि १० दिनका लागि थप गरिएको निषेधाज्ञा अवधिभर तोकिएका अन्यावश्यक काम, सेवाबाहेक अन्य केही गर्न पाइने छैन ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

एकहप्ताअघि जेठ १४ मा थपिएको निषेधाज्ञामा भने खाद्यान्न पसलसमेत खोल्न नपाइने नियम लागू गरिएको थियो । त्यसको चौतर्फी आलोचना समेत भएपछि पुनः आजबाट किराना तथा खाद्यान्न पसलहरु बिहान ९ बजेसम्म खोल्न पाउने निर्णय गरिएको हो ।

अत्यावश्यक वस्तुहरु– तरकारी, फलफूल, दूध, मासुलगायतका पसल पनि बिहान ९ बजेसम्म खोल्न पाइनेछ । अन्य पसल सामान्यतया खोल्न निषेध गरिए पनि यदाकदा लुकीछिपी पसलहरु सञ्लान नै भइरहेको समेत पाइएको छ ।

माथि उल्लिखित वस्तु तथा सेवा, सोसम्बन्धी प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र इन्धन, खाना पकाउने ग्यासजस्ता सामान बोकेका गाडी पनि राति ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ । तर निर्माण सामग्री ढुवानीका सवारीसाधन भने राति ९ बजेदेखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

यसका साथै आजबाट काठमाडौं उपत्यकामा वित्तीय संस्थाहरुका प्रधान कार्यालय र थप ३ वटासम्म शाखा खोल्न पाइनेछ । वाणिज्य बैंक र विकास बैंकका भने प्रधान कार्यालय र थप २ वटा शाखा खोलेर सेवा दिन पाउने छन् ।

स्कुल, कलेज लगायत शैक्षिक संस्थाहरु भने बन्द नै रहने भएका छन् । वैदेशिक अध्ययनमा जाने विद्यार्थीको हकमा भने कूटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने भएको छ ।

अत्यावश्यक बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालय पनि बन्द नै रहने छन् । राति १० बजेदेखि बिहान ९ बजेसम्म मोटरसाइकल वर्कसप भने खोल्न दिइने भएको छ ।

त्यस्तै सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, सपिङ मल, सैलुन, व्युटी पार्लर, हेल्थक्लव, पुस्तकालय लगायत मानिसहरुको भिडभाड हुने खालका कुनै पनि कार्यक्रम सञ्चालन गर्न पाइनेछैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रतिनिधिसभा विघटन मुद्धामा बारले तोक्यो एमिकस क्युरी प्रतिनिधिसभा विघटन मुद्धामा बारले तोक्यो एमिकस क्युरी १३ घण्टा पहिले
नारायणीले खतराको तह नाघ्यो, मनाङका ३०० लाई सुरक्षित ठाउँमा सारियो नारायणीले खतराको तह नाघ्यो, मनाङका ३०० लाई सुरक्षित ठाउँमा सारियो १६ घण्टा पहिले
सुदूरपश्चिम सरकारद्वारा रु ३० अर्ब ३३ करोडको बजेट पेश [ पूर्णपाठ ] सुदूरपश्चिम सरकारद्वारा रु ३० अर्ब ३३ करोडको बजेट पेश [ पूर्णपाठ ] १५ घण्टा पहिले
सेवा प्रवाह प्रभावकारी बनाउन सञ्चार मन्त्रालयको निर्देशन सेवा प्रवाह प्रभावकारी बनाउन सञ्चार मन्त्रालयको निर्देशन १ घण्टा पहिले
राम्रो उत्पादन भएपछि चैते धानतर्फ किसान आकर्षित राम्रो उत्पादन भएपछि चैते धानतर्फ किसान आकर्षित २३ घण्टा पहिले
निरन्तर परेको वर्षापछि दोर्दीखोलाले बगायो दुई घर निरन्तर परेको वर्षापछि दोर्दीखोलाले बगायो दुई घर १५ घण्टा पहिले
श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै जलाउन खोज्ने श्रीमान पक्राउ श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै जलाउन खोज्ने श्रीमान पक्राउ १५ घण्टा पहिले
बहुमत देखाउन ठाकुरले थपे कार्यकारिणी समितिमा १७ जना बहुमत देखाउन ठाकुरले थपे कार्यकारिणी समितिमा १७ जना ३ घण्टा पहिले