मंगलबार , असार १, २०७८

राष्ट्रपति र प्रधानमन्त्रीका संचार सल्लाहकारको ‘फेक’ सूचना, ढकालले सच्याए, थापाले ट्वीट नै हटाए !  

राष्ट्रपति र प्रधानमन्त्रीका संचार सल्लाहकारको ‘फेक’ सूचना, ढकालले सच्याए, थापाले ट्वीट नै हटाए !  

२१ जेठ,काठमाडौं । अमेरिकाले नेपाल लगायतका मुलुकहरुलाई खोप सहायता घोषणा गरेपछि त्यसको परिमाण एकिन नगरी सूचना सार्वजनिक गर्न हतार गर्दा राष्ट्रपति र प्रधानमन्त्री दुबैका संचार सल्लाहकार नराम्रोसँग चिप्लिन पुगेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड-१९ विरुद्ध १ करोड ९० लाख मात्रा खोप विश्वभरि खोप बाड्ने कोभ्याक्स कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेसँगै  राष्ट्रपति विध्यादेवी भण्डारीका संचार प्रेस विज्ञ एव सल्लाहकार टिकाप्रसाद ढकालले ट्वीटरमा लेखे, ‘सम्मानीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशीलताको कोभिड १९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ । हाम्रो अनुरोध स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ।#longliveNepalUSARealtionship. तर राष्ट्रपतिका संचार विज्ञाले हतारमा  दिएको यो सूचनामा उल्लेखित खोपको परिमाण गलत छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

खोप बाँडिने देशहरूको सूचीमा नेपाल रहेको भएपनि नेपाललाई ५० लाख दिने भनिएको छैन । काठमाण्डूस्थित अमेरिकी दूतावासले विश्वव्यापी रुपमा २५ मिलियन कोभिड १९ खोप वितरण गर्ने  उक्त सुचीमा नेपाल पनि रहेको जनाएको छ । उक्त सहयोग अन्तर्गत अमेरिकाले कोभ्याक्समार्फत् ७० लाख खोप एसियाली देशहरूलाई दिइने जनाएको छ तर नेपाललाई दिइने यकिन सङ्ख्या तथा कुन खोप भन्ने खुलाइएको छैन।

usko bau

 

 

राष्ट्रपतिका प्रेस विज्ञको ट्वीटलाई उल्लेख गर्दै समाचारहरु आएपछि उनले आफ्नो पुरानो ट्वीट सच्याए । “मैले उल्लेख गरेको परिमाण म तत्काल सच्चयाउन चाहान्छु । यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो । उनले लखेका छन् ।

ramram

राष्ट्रपति सल्लाहकारले ट्वीट सच्याउँदै गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहाकारले भने खोप परिमाणका विषयमा राखेको ट्वीट नै डिलिट गरेको पाइयो । अमेरिकाको घोषणापछि थापाले ट्वीट मार्फत सरकारले एक तिहाइ खोपको ब्यवस्थापन गरेको जानकारी दिदै सरकारलाई बधाई दिएका थिए । जसमा अमेरिकाबाट अनुदान स्वरूप ५० लाख डोज खोप प्राप्त भएको उल्लेख छ । यो संख्या पनि गलत थियो । तर थापाले ट्वीट  नै हटाएका छन्।surya thapako

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज जयतु संस्कृतम्को हीरक जयन्ती मनाइँदै आज जयतु संस्कृतम्को हीरक जयन्ती मनाइँदै १ घण्टा पहिले
करिब १० करोड घाटामा रहेको खानीखोलाको उच्च शेयर खरिद माग, बिक्रीकर्ता कति ? करिब १० करोड घाटामा रहेको खानीखोलाको उच्च शेयर खरिद माग, बिक्रीकर्ता कति ? १८ घण्टा पहिले
सातै प्रदेश सरकारले आज प्रदेश सभामा बजेट पेश गर्दै सातै प्रदेश सरकारले आज प्रदेश सभामा बजेट पेश गर्दै २ घण्टा पहिले
एमालेको विवाद मिल्दा माधव नेपाल दोस्रो अध्यक्ष कि प्रधानमन्त्री ? एमालेको विवाद मिल्दा माधव नेपाल दोस्रो अध्यक्ष कि प्रधानमन्त्री ? २० घण्टा पहिले
चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिए चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिए १ घण्टा पहिले
प्रदेश पत्रकार महासंघसंग सहकार्य गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता प्रदेश पत्रकार महासंघसंग सहकार्य गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता १८ घण्टा पहिले
आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन १९ घण्टा पहिले
३८ श्रीमती भएका विश्वकै सबैभन्दा ठूलो परिवारका मुखियाको मृत्यु ३८ श्रीमती भएका विश्वकै सबैभन्दा ठूलो परिवारका मुखियाको मृत्यु १७ घण्टा पहिले