बुधबार , असार २, २०७८

जुममार्फत विदेशी चिकित्सकसँग नियमित छलफल गर्दै उपचार

जुममार्फत विदेशी चिकित्सकसँग नियमित छलफल गर्दै उपचार

२१ जेठ, चितवन । यहाँको एक अस्पतालले भारतीय विशेषज्ञ चिकित्सकसँग नियमित छलफल गरेर कोभिड उपचार गर्दै आएको छ । लेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले भारतीय चिकित्सकसँग छलफल गरेर उपचार गर्दै आएको हो ।

अस्पतालले भारतको चेन्नाइमा रहेको ग्लोबल हस्पिटलका विशेषज्ञ चिकित्सकसँग कोभिड उपचारबारे जुममार्फत नियमित छलफल गर्दै आएको छ । अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानका अनुसार हरेक दिन दिउँसो २ः३० बजे यहाँका कोभिड उपचारमा संलग्न क्रिटिकल केयरका चिकित्सक स्वास्थ्यकर्मी र ग्लोबल हस्पिटलका वरिष्ठ चिकित्सकबीच संक्रमितका विषयमा अन्तक्र्रिया हुने गरेको छ । प्रधानले भने, “संक्रमितमध्ये २० प्रतिशत जति जटिल हुने गर्दछन् । उनीहरूको एक÷एक गरेर हामी छलफल गर्छौँ।”

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यहाँ गरिरहेको उपचार पद्दति, बिरामीको अवस्था, प्रयोगशालाका नतिजालगायत विषयमा छलफल गरी सुधार गर्नुपर्ने विषय टिपोट गरेर उपचार गरिन्छ । ग्लोबल हस्पिटलका सङ्क्रामक रोग विशेषज्ञ डा सुप्रमन्यमको नेतृत्व चार वरिष्ठ चिकित्सक अन्तक्र्रियामा सहभागी हुने उनले जानकारी दिए ।

संक्रमितलाई कसरी उपचार गर्दा निको पार्न सकिन्छ भन्नेबारे पछिल्लो अनुभव र प्रविधिका विषयमा छलफल गरिन्छ । प्रधानले भने, “हामीले संक्रमितलाई उत्तानो पारेर सुताउँथ्यो, तर घोप्टो पारेर सुताउँदा श्वासप्रश्वासमा सहज हुने र अक्सिजनको मात्रा बढ्ने थाहा भएसँगै त्यसै गरेका छौँ ।” यो अन्तरक्रियाबाट यहाँका क्रिटिकल केयरमा काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीले धेरै ज्ञान प्राप्त गरेको र उनीहरूको आत्मबलसमेत बढेको उनको भनाइ छ ।

शुरुका दिनहरुमा संक्रमित नजिक जानसमेत डराउने स्वास्थ्यकर्मी जुम मिटिङसँगै बिरामीसँग नजिकिने गरेका छन् । पछिल्ला अनुसन्धान र उपलब्धिका विषयमा स्वस्थ्यकर्मीले यसबाट थाहा पाएका छन् । सङ्क्रमितलाई कस्ता औषधि चलाउने भन्ने विषयमा गहन छलफल हुने गरेको छ ।

प्रधानको भनाइमा कोभिडको पहिलो लहर नेपालमा आएसँगै गत वर्षको साउनदेखि ग्लोबल हस्पिटलसँग सहकार्य गरिएको हो । यस मेडिकल कलेजले पहिलो लहरमा २२० संक्रमितको उपचार गरेको थियो । दोस्रो लहरमा हालसम्म ३५० जनाको उपचार गरिसकेको छ । अस्पतालमा ९० शय्याको कोभिड सघन उपचारकक्ष, ४० शय्याको एचडीयू र ७० साधारण शय्या रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

उद्योग वाणिज्य संघद्धारा स्वास्थ्य सामग्री सहयोग उद्योग वाणिज्य संघद्धारा स्वास्थ्य सामग्री सहयोग ६ दिन पहिले
चिकित्सा शिक्षामा खेलाँची नगर: विवेकशील साझा पार्टी चिकित्सा शिक्षामा खेलाँची नगर: विवेकशील साझा पार्टी ५ दिन पहिले
मंगल ग्रहमा चिनियाँ रोभरले खिचेका तस्बिरहरु सार्वजनिक मंगल ग्रहमा चिनियाँ रोभरले खिचेका तस्बिरहरु सार्वजनिक ४ दिन पहिले
स्वास्थ्यमन्त्रीसँग २२ तोला सुन, पत्नीको नाममा २० रोपनी जग्गा ! स्वास्थ्यमन्त्रीसँग २२ तोला सुन, पत्नीको नाममा २० रोपनी जग्गा ! ६ दिन पहिले
जर्मनीले सहयोगस्वरुप नेपाललाई ४ अर्ब ८० करोड दिने जर्मनीले सहयोगस्वरुप नेपाललाई ४ अर्ब ८० करोड दिने २ दिन पहिले
झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै ४ घण्टा पहिले
दीपक मनाङेप्रति निर्वतमान मुख्यमन्त्री गुरुङकाे आक्रोश: सबै डाँकू बाल्मीकि नहुँदा रहेछन् [ भिडियाेसहित ] दीपक मनाङेप्रति निर्वतमान मुख्यमन्त्री गुरुङकाे आक्रोश: सबै डाँकू बाल्मीकि नहुँदा रहेछन् [ भिडियाेसहित ] ३ दिन पहिले
पोखरीमा डुबेर मृत्यु भएका बालिकाको परिवारलाई प्रदेश सरकारले एक-एक लाख दिने पोखरीमा डुबेर मृत्यु भएका बालिकाको परिवारलाई प्रदेश सरकारले एक-एक लाख दिने ३ दिन पहिले