मंगलबार , असार १, २०७८

यस वर्षको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने पूर्वानुमान

यस वर्षको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने पूर्वानुमान

२१ जेठ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा आउने मनसुनी प्रणाली भारतको केरलामा आइपुगेको जनाएको छ । नेपालमा आउने मनसुनी प्रणाली बंगालको खाडीमा विकास भएर हिजो बेलुका भारतको केरलामा आइपुगेको महाशाखाले जनाएको हो । त्यो प्रणाली एक हप्तामा नेपाल आइपुग्ने सम्भावना रहेको छ ।

सन् २०१० देखि २०२० सम्मको औसत विवरणअनुसार नेपालमा जुन १३ मा मनसुनी प्रणाली आइपुग्छ । यस वर्ष पनि जुन १३ अर्थात जेठ ३० गते आसपासमै नेपालमा आउने महाशाखाले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यस वर्षको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । समयमै सुरु हुने मनसुन चार महिनासम्म रहने छ । अहिले वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बादल लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा रहेको छ ।

अहिले पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेकोले केही ठाउँमा बादल लागेर सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रि–मनसुनको समय भएकाले दिउँसोपख केही ठाउँमा सामान्य पानी पर्ने भए पनि अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय