मंगलबार , असार १, २०७८

नेपाल पक्ष अब लाग्यो आफ्नै बाटोमा

नेपाल पक्ष अब लाग्यो आफ्नै बाटोमा

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको कथित सेटिङ भत्किने परिस्थिति निर्माण भएपछि एकाएक पलाएको पार्टी एकताको रागले अर्काे पक्षलाई कसरी प्रभावित पार्ला ? भन्न कठिन छ ।

हिजै मात्र ओलीले खनाल–नेपाल समूहका थप १२ जना नेतामाथि कारवाही गर्न बोलाइएको स्थायी कमिटी अर्काे मिति नै नतोकी अनिश्चितकालका लागि स्थगित गरेका छन् । उनले नयाँ पासा फालेका छन्– जेठ २, २०७५ अघिको एमालेको बैठक बोलाउन तयार छु, तर शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न गरेको हस्ताक्षर फिर्ता हुनुपर्छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

ओलीको यो शर्तले नै प्रष्ट पारेको छ – अब प्रतिनिधिसभा फेरि ब्यूँतिदैंछ । पुनस्थापित प्रतिनिधिसभामा ओली बहुमत सिद्ध गर्ने तारतम्य मिलाउँदैछन् । त्यसका लागि उनले एमालेको सग्लो सपोर्ट चाहेका छन् । कदाचित झलनाथ खनाल, माधव नेपाल र भीम रावल नआएपनि अरु निर्वाचित सदस्यहरु भने आफूसँगै आउन् । यसो गर्दा उनले जनता समाजवादी पार्टीको २० सांसद्को समेत समर्थन जुट्ने अनि बहुमतको सरकार बनाएर बाँकी अवधि पनि सरकार चलाउने दाउ हेरेका छन् ।

त्यसैले ओलीले यस्तो शर्त तेस्र्याएको बुझ्न सकिन्छ । ओलीको यो चालबाजी माधव नेपाल निकट केही नेताहरुले नबुझेका होइनन् । हिजो यो पक्षले गरेको केन्द्रीय कमिटी बैठकमा नेताहरु घनश्याम भूषाल र सुरेन्द्र पाण्डेले प्रष्टैसँग भने–ओली फेरि पनि अल्मल्याउन चाहन्छन् । त्यसैले नेताहरुले ओली समक्ष अर्काे शर्त राखेका छन् । त्यसो भए ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ । जेठ २, २०७५ मा पार्टी जाने त छँदैछ , थप राजीनामा गर्नुपर्ने शर्त आएको छ – नेता विरोध खतिवडाले भनेका छन् ।

यसका अतिरिक्त नेता नेपालले हिजोकै बैठकमा भनेका थिए– ओलीसँग वार्ता छलफल गर्नुको अर्थ छैन, किनभने उनी छलकपटमा विश्वास गर्छन् । साँच्चै नै एकता गर्ने भए प्रतिनिधिसभा विघटन गलत भनेर ओलीले आत्मालोचना गर्नुपर्छ । नेपाल पक्षीय नेताहरुका यस्ता शर्तहरुले ओलीको चालबाजी काम लाग्ने देखिंदैन । यद्यपि ओलीले नेपाल पक्षको शर्तबारे जवाफ दिन आज स्थायी कमिटी बैठक गर्ने सम्भावना रहेको बालुवाटार निकट स्रोतले बतायो ।

यस्ता बकम्फुसे शर्त राख्नुको अर्थ खनाल–नेपाल एकीकरणमा रुची राख्दैनन् भन्ने हो – उनले भने हामी पनि उनीहरु चाहिं नआउन् भन्ने नै चाहन्छौं । तर नेपाल पक्षमा रहेका केही प्रभावशाली भनिने नेताहरु भने एमालेतिर फर्किए भने त्यसको राजनीतिक लाभ ओलीलाई हुने छ । तर ओली पक्षले चाहे अनुसारको वातावरण तयार हुने परिस्थिति अहिलेलाई देखिंदैन । किनभने हिजोकै बैठकमा अधिकांश जनवर्गीय संगठन प्रमुखहरुले अब ओलीसँग वार्ताको नाममा अल्मलिनु नहुने धारणा राखे । दुईचार दिनभित्र एकताबारे टुंगोमा पुगिएन भने नयाँ आन्दोलन थाल्नुपर्ने उनीहरुको राय थियो ।

वरिष्ठ नेता खनालले समेत उनीहरुकै धारणालाई बल पुग्ने गरी भने–जति गरेपनि ओली सुध्रिनेवाला छैनन्, अब नयाँ संगठनमार्फत आन्दोलन अगाडि बढाउनुको विकल्प छैन । उता, खनाल–नेपाल पक्षका चारजना प्रभावशाली युवा नेताले पनि अब ओलीको भुलभुलैयामा अल्झन नहुने धारणा सार्वजनिक गरेका छन् । यो पक्षको पोलिटव्यूरो सदस्यहरु जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र केन्द्रीय सदस्य राजेन्द्र राईले संयुक्त बक्तव्य नै जारी गरे ।

वक्तव्यमा उनीहरुले १० बुँदा राखेका छन् । जसमा ओलीले वार्ताको नाटक मञ्चन गरेर केही नेतालाई आफूतिर अल्झाउने र नेपाल पक्षलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएका छन् । उनीहरुको निश्कर्ष छ–ओलीसँग वार्ताको नाममा अब धेरै अलमल नगरौं , कम्युनिष्ट आन्दोलनलाई नयाँ शीराबाट फेरि थालौं ।

संयुक्त बक्तत्वमा भनिएको छ–आज रचना गरिएको वार्ताको नाटकले हामीबीचको एकतालाई छिन्नभिन्न पार्ने, राजनीतिक दलहरुसँगको हाम्रो सहकार्यलाई भंग गर्ने र अदालतमा संसद् पुनस्थापनको वहसलाई कमजोर पार्ने उद्येश्य बोकेको प्रष्ट देख्न सकिन्छ । साथै, आजको आवश्यकता केपी ओली सरकारको वर्हिगमन नै हो र राजनीतिक दलहरुसँगको सहकार्य हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आगामी तीन दिन नदीहरूमा आकस्मिक बाढी आउनसक्‍ने, सतर्कता अपनाउन आग्रह आगामी तीन दिन नदीहरूमा आकस्मिक बाढी आउनसक्‍ने, सतर्कता अपनाउन आग्रह १४ घण्टा पहिले
नहरमा बालुवा थुप्रिँदा विद्युत् सेवा अवरुद्ध नहरमा बालुवा थुप्रिँदा विद्युत् सेवा अवरुद्ध ३२ मिनेट पहिले
गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढे गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढे २२ घण्टा पहिले
जनमोर्चाका सांसद थापालाई पुनर्बहाली गर्न यसअघि दिएको अन्तरिम आदेश खारेज जनमोर्चाका सांसद थापालाई पुनर्बहाली गर्न यसअघि दिएको अन्तरिम आदेश खारेज १५ घण्टा पहिले
अमेरिका बस्ने नेपालीले पठाए स्वास्थ्य सामग्री अमेरिका बस्ने नेपालीले पठाए स्वास्थ्य सामग्री २० घण्टा पहिले
यूरोकपका नाममा बीरगञ्जमा करोडौंको सट्टेबाजी, पर्सा प्रहरीकाे रहस्यमय उदासिनता ! यूरोकपका नाममा बीरगञ्जमा करोडौंको सट्टेबाजी, पर्सा प्रहरीकाे रहस्यमय उदासिनता ! १३ घण्टा पहिले
ज्यानमारा भाइरसबाट दमकमा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो ज्यानमारा भाइरसबाट दमकमा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो २२ घण्टा पहिले
निशाकाे उपचारमा आँचलले १ लाख सहयोग गर्ने निशाकाे उपचारमा आँचलले १ लाख सहयोग गर्ने १२ घण्टा पहिले