सोमबार , असार ७, २०७८

सुदूरमा कोरोना संक्रमणदर घट्दै

सुदूरमा कोरोना संक्रमणदर घट्दै

२१ जेठ,डोटी । डोटीसहित सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण र मृत्युदरमा कमी आएको बताइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार गएको वैशाख २० देखि २७ गतेसम्म सुदूरपश्चिम प्रदेशमा कूल परीक्षणको ३७.२ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थियो । जेठ २० गतेसम्म आइपुग्दा संक्रमण तथा मृत्युदर क्रमिकरूपमा घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका प्रमुख डा गणराज अवस्थीले जानकारी दिए ।

उनका अनुसार अहिले मृत्युदर २.१५ प्रतिशतले कम भएको पाइएको छ । अघिल्ला तीन हप्ताको तुलनामा सबैभन्दा धेरै १४ हजार ९१४ जनाको परीक्षण गर्दा यो हप्ता सबैभन्दा कम तीन हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यसैगरी सुदूरपश्चिम प्रदेशमा संक्रमित निको हुने दर पनि बढ्दै गएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । जेठ ११ गतेदेखि प्रदेशमा कोरोना संक्रमण र मृत्युमा कमी हुँदै गएको देखिन्छ । यहाँका नागरिक कोरोनाबाट जोगिनका लागि सचेत भएका र सरकारले गरेको निषेधाज्ञाको पूर्ण पालना गरेका कारण कोरोना संक्रमण र मृत्युदर घट्दै गएको निर्देशनालयको दाबी छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपालमा कोरोना फैलाउने डेल्टा भेरियन्टमा नयाँ म्युटेसन पुष्टि नेपालमा कोरोना फैलाउने डेल्टा भेरियन्टमा नयाँ म्युटेसन पुष्टि १७ घण्टा पहिले
प्रुडेन्सियल इन्स्योरेन्सको सभाले पारित गर्यो ८ दशमलव ४२ प्रतिशत लाभांश प्रुडेन्सियल इन्स्योरेन्सको सभाले पारित गर्यो ८ दशमलव ४२ प्रतिशत लाभांश २१ घण्टा पहिले
नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपीडितहरुका लागि राहत सामाग्री हस्तान्तरण नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपीडितहरुका लागि राहत सामाग्री हस्तान्तरण २१ घण्टा पहिले
रु रु जलविद्युतसहित ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? रु रु जलविद्युतसहित ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? २३ घण्टा पहिले
उपत्यकामा खुकुलो पारिएकाे निषेध आदेशमा के खुल्छ, के खुल्दैन ? [ सूचीसहित ] उपत्यकामा खुकुलो पारिएकाे निषेध आदेशमा के खुल्छ, के खुल्दैन ? [ सूचीसहित ] १८ घण्टा पहिले
कोरोनाको मुख्यथलो बन्दै रोपाइँ कोरोनाको मुख्यथलो बन्दै रोपाइँ १८ मिनेट पहिले
आज थप २,४४२ जनामा कोरोना पुष्टि, ५१ संक्रमितको मृत्यु आज थप २,४४२ जनामा कोरोना पुष्टि, ५१ संक्रमितको मृत्यु २० घण्टा पहिले
अनलाइन भिडियो कन्फ्रेन्समार्फत माओवादी केन्द्रको आकस्मिक बैठक जारी अनलाइन भिडियो कन्फ्रेन्समार्फत माओवादी केन्द्रको आकस्मिक बैठक जारी ३ घण्टा पहिले