सोमबार , असार ७, २०७८

कोरोना डरमा सिँचाइ कुलो सफाइ नहुँदा किसान चिन्तामा

कोरोना डरमा सिँचाइ कुलो सफाइ नहुँदा किसान चिन्तामा

२१ जेठ,टीकापुर । निषेधाज्ञाका कारण सिँचाइका लागि पानी ल्याउने कुला सरसफाइ गर्न नपाउँदा कैलालीका किसानलाई चिन्ता बढेको छ । धानखेती गर्ने समय आइसक्दासमेत खेत सिँचाइका लागि पानी ल्याउने कुला सरसफाइ हुन् सकेको छैन् ।

कैलाली जिल्लामा कोरोना भाइरस संक्रमण समुदायस्तरमै फैलिएपछि एक महिनादेखि निषेधाज्ञा गरिएको छ । संक्रमणको जोखिमले किसान जम्मा भएर कुला सफा गर्न समस्या भएको बताउँछन् । सरकारले खेतीपातीको काम जारी राख्न दिने भने पनि किसान संक्रमणको जोखिम बढेकाले किसान कुला मर्मत, सरसफाइजस्ता कार्यमा जुट्न डराइरहेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

धानखेतीका लागि किसान एक महिनादेखि तयारी थाल्छन् । किसानले ब्याड राख्ने, मलखाद जोहो गर्नेदेखि लिएर खेतमा पानी लाग्ने कुलाको मर्मत, सरसफाइलगायत काम गर्नुपर्ने हुन्छ । खेतीका लागि पानी नभई नहुने र पर्याप्त पानी नभए उत्पादन घट्ने भएकाले किसान खेतसम्म पर्याप्त पानी लैजान हरेक वर्ष सिँचाइ कुला सरसफाइ गर्ने गर्दछन् तर कोरोनाका कारण खेतमा पानी लाग्ने कुला सरसफाइ गर्न नसकेको टीकापुर–४ का किसान समिर चौधरीले बताए । “कुला सफा गर्ने सवालमा सबै चिन्तित छन् तर गाउँघरमा सबै बिरामी छन् । घरघरमा बिरामी भएकाले हामीले हिम्मत गर्न सकेका छैनौँ”, किसान समिर भन्छन्, “दूरी कायम गरेर सफा गर्ने सल्लाह गरेका थियौँ । सबै डराएकाले जुट्न सकेका छैनौँ । अब त ढिला भइसक्यो ।”

कोरोना नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञा र त्रासका कारण किसान अहिलेसम्म खेत सिँचाइ गर्ने कुला, मुहान र बाँध मर्मतसम्भार गर्न नपाएको किसान किट्टु चौधरीले बताए । “कुला गाउँमा मात्र सफा गरेर हुँदैन, कुला सफा गर्न किसान एक साताभन्दा बढी काममा जुट्नुपर्ने हुन्छ”, उनी भन्छन्, “यस्तो माहोलमा कसरी काम गर्नु रु यसरी किसान जम्मा भएर किसान खेतमा जाने वातावरण नभएकाले स्थानीय सरकारले प्रविधिको प्रयोग गरेर कुला सरसफाइजस्ता कार्यमा सघाउन आवश्यक छ ।”

बर्खा लाग्नु पहिले वर्षेनी किसान सामूहिकरूपमा मूल, शाखा र प्रशाखा कुला सरसफाइ गर्ने परम्परा छ । जसअन्र्तगत किसान आफ्नो खेतसम्म पानी लैजानका लागि सहजतासँगै आवश्यकतानुसार पानीको पर्याप्तता हुने गर्दछ । गत वर्ष पनि यही समयमा भएको निषेधाज्ञाका कारण राम्रोसँग कुलाका मुहान लगायत कुला सरसफाइ गर्न र खन्न नपाएका किसान यस वर्ष पनि सोही समस्या भएपछि चिन्ता बढेको बताउँछन् । “गत वर्ष पनि सिँचाइ कुला राम्ररी सफा गर्न सकिएन, सिँचाइ कुला र मुहान बालुवा र झारपातले भरिएका छन्”, किसान किट्टु भन्छन्, “कुला तथा मुहान सफा नभए आवश्यक मात्रामा पानी नआउने हो कि भन्ने चिन्ता लागेको छ ।”

रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्र्तगत रहेका रानी मूल कुलाका १४ शाखा कुला, जमरा मूल कुलाका १५ शाखा कुला, कुलरिया मूल कुलाका १९ शाखा कुला रहेका छन् । ती मूल कुलाका शाखामार्फत बनेका ८६३ उपशाखा कुला छन् । यसरी ती शाखा र प्रशाखा कुलामार्फत किसानका खेतसम्म पानी लैजाने कार्य हुन्छ । यी शाखा तथा प्रशाखा कुला सरसफाइ र मर्मत नगरे खेतमा पानी पुुगे पनि सिँचाइका लागि पर्याप्त हुँदैन । त्यसका लागि केही कुला सरसफाइ भए पनि अधिकांश कुलाका सरसफाइ नभएकाले किसान समस्यामा छन् ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सरसफाइ गर्न सकिने भए पनि उक्त कुला सामूहिकरूपमा सरसफाइ गर्ने परम्परा रहेकाले अहिले समस्या भइरहेको किसान तथा जमरा मूल कुलाका सचिव मानबहादुर चौधरी बताउछन् । “अब किसानले कुला सफा गर्न ढिला गर्न हुँदैन, कि स्थानीय सरकारले विकल्प खोजेर सफा गरिदिनुप¥यो, नभए किसान खेतबारीमा पस्ने समय ढिला हुन्छ”, सचिव चौधरी भन्छन्, “सिँचाइ पर्याप्त नभए उत्पादन घट्छ ।”

कैलाली धानखेतीमा आत्मनिर्भर जिल्ला हो । जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरीका अनुसार कैलालीमा ७७ हजार १०८ हेक्टर जमिनमा धानखेती गरिन्छ । तीन लाख २३ हजार ५०० हेक्टर जमिन रहेको कैलालीमा ८९ हजार ९३५ हेक्टर खेतीयोग्य जमिन छ । “धानखेतीका लागि कैलाली उर्वर भूमिका रूपमा रहेको छ । वर्षेनी जग्गा प्लटिङ, घर निर्माणजस्ता कार्यले खेतीयोग्य जमिन घट्दै गएको छ”, कृषि शाखा प्रमुख चौधरी भन्छन्, “उत्पादन बढी लिन सिँचाइ आवश्यक हुन्छ । हामीले किसानलाई धानको बीउ वितरण ग¥यौँ तर यतिखेर कोरोना फैलिरहेकाले कुला मर्मतजस्ता कार्यमा सघाउन सकेका छैनौँ ।”

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पशुपालनबाट आयआर्जन वृद्धि गराउन ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू पशुपालनबाट आयआर्जन वृद्धि गराउन ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू २ घण्टा पहिले
नेपाल बैंकले ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल बैंकले ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै २१ घण्टा पहिले
प्रुडेन्सियल इन्स्योरेन्सको सभाले पारित गर्यो ८ दशमलव ४२ प्रतिशत लाभांश प्रुडेन्सियल इन्स्योरेन्सको सभाले पारित गर्यो ८ दशमलव ४२ प्रतिशत लाभांश २१ घण्टा पहिले
सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्लाई वैधानिकता दिन अस्वीकार सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्लाई वैधानिकता दिन अस्वीकार १४ घण्टा पहिले
ओली जिम्मेवार बने एकै दिनमा सहमति हुन्छ ! ओली जिम्मेवार बने एकै दिनमा सहमति हुन्छ ! ५ घण्टा पहिले
आज अन्तर्राष्ट्रिय योग दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै आज अन्तर्राष्ट्रिय योग दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै ५ घण्टा पहिले
नेपालमा कोरोना फैलाउने डेल्टा भेरियन्टमा नयाँ म्युटेसन पुष्टि नेपालमा कोरोना फैलाउने डेल्टा भेरियन्टमा नयाँ म्युटेसन पुष्टि १६ घण्टा पहिले
अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खोल्न पाइने अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खोल्न पाइने ४ घण्टा पहिले
कोरोना त्रासदीकाबीच मजदूरी गर्न भारत जाने क्रम बढ्दै कोरोना त्रासदीकाबीच मजदूरी गर्न भारत जाने क्रम बढ्दै २ दिन पहिले
बाढीले मेलम्ची खानेपानी आयोजनाको संरचना डुबानमा बाढीले मेलम्ची खानेपानी आयोजनाको संरचना डुबानमा ५ दिन पहिले
चुरे उत्खनन् र निकासीविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई चुरे उत्खनन् र निकासीविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई ३ दिन पहिले
उपत्यकामा बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर शाखा खोल्न पाउने उपत्यकामा बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर शाखा खोल्न पाउने ७ दिन पहिले
ग्लोबल आईएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ब्याज ? ग्लोबल आईएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ब्याज ? ७ दिन पहिले
आज बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै, तत्काल निस्केला त निश्कर्ष ? आज बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै, तत्काल निस्केला त निश्कर्ष ? ५ दिन पहिले
कविता: सन्तुलन कविता: सन्तुलन १ दिन पहिले
हकप्रद निष्कासका लागि नारायणी डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो निवेदन हकप्रद निष्कासका लागि नारायणी डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो निवेदन ४ घण्टा पहिले