बुधबार , असार २, २०७८

नागरिकता अध्यादेशको सुनुवाई गर्न वरिष्ठ न्यायाधीशहरू सम्मिलित इजलाश

नागरिकता अध्यादेशको सुनुवाई गर्न वरिष्ठ न्यायाधीशहरू सम्मिलित इजलाश

२१ जेठ, काठमाडौं । सरकारद्वारा हालै जारी भएको विवादास्पद नागरिकतासम्बधी अध्यादेश खारेज गर्न सर्वाेच्च अदालतमा दायर रिट उपर सुनुवाई गर्न प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाले वरिष्ठ न्यायाधीशहरु सम्मिलित पाँच सदस्यीय संवैधानिक इजलाश गठन गरेका छन् ।

उक्त रिट उपर आज नै पेशी तोकिएको छ । प्रधानन्यायाधीश राणाको संयोजकत्वमा गठित इजलाशले अहिले सुनुवाई गर्दैछ । संवैधानिक इजलाशमा तोकिएका चार जना सदस्यहरुमा दीपककुमार कार्की, मिरा खड्का , हरिकृष्ण कार्की र इश्वरप्रसाद खतिवडा रहेका छन् । खतिवडा भन्दा वरिष्ठ रहेका विश्वम्भर श्रेष्ठ हाल आइसोलेसनमा बसेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उक्त इजलाशले नागरिकतासम्बन्धी विवादास्पद रिटको सुनुवाई गर्नेछ । नागरिकता जस्तो संवेदनशील विषयलाई सरकारले सत्ता जोगाउने वस्तुका रुपमा दुरुपयोग गरेको भन्दै वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीलगायतले रिट दायर गरेका थिए । सरकारले जनता समाजवादी पार्टीको महन्थ – राजेन्द्र पक्षको समर्थन प्राप्त गर्न उक्त विवादास्पद विधेयक जारी गरेपछि चौतर्फी आलोचना भइरहेको छ ।

साथै, प्रधानन्यायधीश राणाले आज गठन गरेको संवैधानिक इजलाशले अब प्रतिनिधिसभा विघटन सम्बन्धी परेको रिटमा समेत यस्तै प्रकृया अपनाइन सक्ने संकेत गरेको छ । यसबारे छलफल गर्न राणाले फुल कोर्टको बैठक राखेका छन् । यस सम्बन्धी रिटको सुनुवाई भने पर्सि जेठ २३ गते आइतबार हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय